च्यानल लण्डन
स्वच्छ स्वतन्त्र निष्पक्ष
च्यानल लण्डन
स्वच्छ स्वतन्त्र निष्पक्ष
  • स्वास्थ्य
  • राजनीतिक
  • गृहपृष्ठ
  • समाचार फिड
  • भिडियो
  • फोटो
  • गतिबिधि

ब्रेकिङ न्युज

बेलायतको राष्ट्रिय स्वास्थ्य सेवामा करिब ४६ लाख विभीन्न किसिमका विमारीहरु उपचारका लागि पर्खिरहेका छन् ।
चर्चित टेनिस खेलाडी Andy Murray कोरोना प्रभावित भएका छन्, उनको स्वास्थ्य सन्तोष जनक रहेको जनाइएको छ
विश्व स्वास्थ्य संगठन कोरोना भाईरसको उद्गम स्थल मानिएको चीनको उहान प्रान्तमा अनुसन्धानका लागि पुगेको छ ।
बेलायतले पोर्तुगल लगायत साउथ अमेरिकन १५ देशलाई पुन भ्रमणमा प्रतिबन्ध लगाउने भएको छ ।
Blood Donation Cyprus

Home Page 1

नेपाली रक्तदाता संघ साईप्रस गठन, नव गठित कार्यसमितिलाई बधाई तथा शुभकामना

channellondon January 7, 2021

Tweet
Share
  •  
  •  
  •  
  •  
  •  
  •  

राहुल रेग्मी,
अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको भगिनी संस्था नेपाली रक्तदाता संघ साइप्रस गठन
साइप्रस । नेपाली रक्तदाताहरुको अन्तर्राष्ट्रिय संस्था अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको भगिनी संस्थाको रुपमा नेपाली रक्तदाता संघ साइप्रसको स्थापना भएको छ । संस्था गठनमा सकृय भूमिका निर्वाह गर्नु हुने चन्दन भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा संघका अध्यक्ष अजय सत्याल हुनुहुन्थ्यो भने अन्य अतिथीहरुमा अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघका उपाध्यक्षहरु एभरेष्ट गौतम, बिनोद भट्टराई, प्रशान्त उप्रेती, सचिब केदार तिमील्सेना, कार्यसमिती सदस्यहरु रुपेन हमाल, मन्जु कर्माचार्य लगायत रहेका थिए ।

संघ का महासचिब राहुल रेग्मीले संचालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तब्य संघ का उपाध्यक्ष एभरेष्ट गौतम र संस्था स्थापनाको अवश्यक्ता का बारेमा उपाध्यक्ष बिनोद भट्टराईले प्रकाश पारेका थिए । उपाध्यक्ष प्रशान्त उप्रेती, केदार तिमील्सेना, रुपेन हमाल, मन्जु कर्माचार्यले नवनिवाचित समिती का पदाधिकारी तथा सदस्यहरुलाई कार्यकाल सफलताको लागी बधाई तथा शुभकामना ब्यक्त गरेका थिए ।

चन्द्र शाही अध्यक्ष रहने गरि गठित १ ७ सदस्यीय कार्यसमितिको घोषणा गरिएको छ । नवगठित समितिको उपाध्यक्षमा चन्दन भण्डारी, सचिव सन्तोश उपाध्याय, सहसचिब धिरेन कठायत, कोषाध्यक्ष केदार रावल, मिडीया संयोजक भुवन देउबा र सदस्यहरुमा सुन्दर पाण्डेय, दीपेन्द्र बुढा, एमेन्द्र रावल, रिजन कटुवाल, आशु चौधरी, धर्म मोक्तान, साबित्री कुमारी श्रेष्ठ, राम कुमारी मुखिया, रवीना महाते, सोनाक्षी चौधरी र सितल लम्साल चयन भएको महासचिव रेग्मीले जानकारी दिए ।

भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी सत्यालले जीवन बचाउने पवित्र कार्यका लागि देश र बिदेशमा रहेका नेपालीहरुको रक्तदान प्रतीको चासो देख्दा आफुलाई गर्व महसुस भएको भन्दै आफुले पनि अहिले सम्म १८१ पटक रक्तदान गरी सकेको जानकारी गराउनु भयो ।

Blood Donation Cyprus Meeting
Blood Donation Cyprus Comittee

Related Posts

च्यानल लन्डन

Home Page 1 /

च्यानल लन्डन

यहाँहरुको सुझाव

Home Page 1 /

यहाँहरुको सुझाव

‹ विश्व स्वास्थ्य संगठन कोरोना भाईरसको उद्गम स्थल मानिएको चीनको उहान प्रान्तमा अनुसन्धानका लागि पुगेको छ । › चर्चित टेनिस खेलाडी Andy Murray कोरोना प्रभावित भएका छन्, उनको स्वास्थ्य सन्तोष जनक रहेको जनाइएको छ
ad

Back to Top

  • च्यानल लन्डन
  • हाम्रो बारेमा
  • सम्पर्क
  • टाईप नेपाली

Copyright © 2020 Channel London, All Rights Reserved, Supported by: RINCS IT Services