बेलायतमा प्रयोग गरिएको कोरोना भाईरसको खोप प्रभावकारी रहेको प्रधानमन्त्री जोहन्सनको भनाई
साउथ अफ्रिकामा देखिएको कोभिड भेरियन्टसको लागि अहिले प्रयोगमा ल्याईएको कोरोना बिरुद्दको खोप कम प्रभावकारी हुनसक्ने केही सर्वेक्षण बाहिर आईरहेको बेला, बेलायतमा प्रयोगमा ल्याईएको Covid 19 बिरुद्दको खोप, गम्भीर रूपमा कोरोना भाईरसबाट प्रभावित बीमारी तथा तिनीहरुको मृत्यु हुनबाट बचाउन निक्कै प्रभावकारी रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । अहिले सम्म बेलायतमा १ करोड २०लाख भन्दा बढी व्यक्तिलाई COVID 19 बिरुद्दको खोप लगाइसकिएको छ । फेब्रुवरी १५ सम्ममा १ करोड ५० लाख पुराउने लक्ष्य अनुसार युद्द स्तरमा कार्य भइरहेको जनाइएको छ ।