पुर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउन, सेनेटले मतदान गरेको छ
पुर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अमेरिकी सेनेटले महाअभियोग लगाउनु संवैधानिक भएको निर्क्यौल गर्दै, कार्यवाही अगाडि बढाउने पक्षमा सिनेटमा, उनको बिरुद्द ५६ मत परेको थियो भने पक्षमा ४४ मत परेको थियो । उनकै पार्टी अर्थात ६ जना रिपब्लिकनहरुले उनको बिरुद्द डेमोक्र्याटद्धारा राखिएको महाअभियोगको प्रस्तावमा मतदान गरेका थिए। उनी विरुद्ध विभिन्न आरोप सहित जनवरी ६ तारिखमा युएस क्यापिटल बिल्डिंगमा तोडफोड गर्न उक्साएको आरोप लगाइएको छ ।