मिडियामा निक्कै चर्चामा रहेकी रामकुमारी झाँक्री पक्राउ
नेकपा प्रचण्ड-माधव समूहकी विघटित प्रतिनिधि सभा सांसद तथा हालैका दिनमा मिडियामा निक्कै चर्चामा रहेकी रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको बारेमा गोरखाको एक कार्यक्रममा नेकपा एमालेले मदन भण्डारीको हत्या पछि सेतो साडी लगाएर चुनावमा उठाउने गलत परम्पराको सुरुवात गरेको भन्दै टिप्पणी गरेकी थिइन । उक्त विषयलाई लिएर परेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको जनाइएको छ । तस्वीर:- सोसियल मिडिया
