बेलायत सरकारको फेब्रुवरी १५ सम्ममा १करोड ५० लाख जनालाई खोप दिने लक्ष्य पूरा
बेलायत सरकारले कोरोनाको रोकथामको लागि फेब्रुवरी १५ सम्म प्राथमिकतामा राखेर १करोड ५० लाख जनालाई खोप दिने आफ्नो लक्ष्य पूरा गरेको छ।
युरोपीयन मुलुकहरूको तुलनामा बेलायतले कोरोना बिरुद्दको खोप व्यापक तथा राष्ट्रिय अभियानको रुपमा सञ्चालनमा ल्याएको तथ्यांकले देखाएको छ।
गत केही दिन देखि बेलायतमा कोरोना भाईरसको प्रभाव कम हुँदै गएको देखिन आएकाले सरकारले फेब्रुवरी २२ मा लक्डाउन सहजीकरणको तालिका प्रकाशित गर्ने तयारी गरिरहेको जनाइएको छ ।
