गैर आवासीय नेपाली संघ अमेरिकामा सदस्यताको लागि २१ हजार ८ सय ५४ जनाको आवेदन
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको वर्ष २०२१/२३ नयाँ कार्यसमिति चयनका लागि योग्य मतदाता बन्न सदस्यता आवेदन दिने समय सकिएको छ । सदस्यहरुको प्रारम्भिक संख्या सार्बजनिक गरेको छ। जस अनुसार, २१ हजार ८ सय ५४ जनाको आवेदन परेको कमिटीका चेयर डाक्टर राजन पन्तले जानकारी दिएका छन । आवेदन परेका मध्ये २ हजार ३ सय १४ जना लाईफ मेम्बर तथा १५ हजार ५ सय ७९ साधारण सदस्यलाई उक्त कमिटीले स्वीकृत गरेको छ। थप ३ हजार ९ सय ६१ आवेदन माथि छानबिन हुन् बाँकी रहेको जनाइएको छ ।