बेलायती राजदरवारका अनुसार, ९९ वर्षीय प्रिन्स फिलिप उपचारका लागि अस्पताल भर्ना
बेलायती राजदरवार बकिंघम प्यालेसका प्रवक्ताका अनुसार ९९ वर्षीय प्रिन्स ड्युक अफ एडिनबर्ग ( प्रिन्स फिलिप, बेलायत ) अस्वस्थ भएको महसुस भएपछि उहाँलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ।
प्रिन्स फिलिप कोरोना भाईरस सम्बन्धी बिमारी नभएको उल्लेख गरिएको छ ।
बकिंघम प्यालेसका अनुसार इमर्जेन्सी उपचारका लागि अस्पतालमा भर्ना गरिएको नभई, प्रिन्स फिलिपकै डाक्टरको सल्लाह अनुसार केही दिन अवलोकनको लागि अस्पतालमै राखिने जनाइएको छ।
