बेलायतमा सबै खाले लक्डाउन खुल्न अझै चार महिना लाग्ने, तथ्यांकको आधारमा खोलिने
बेलायतमा सबै खाले लक्डाउन खुल्न अझै चार महिना लाग्ने, तथ्यांकको आधारमा खोलिने
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनद्धारा लक्डाउनलाई चरणवद्ध रूपमा सहज बनाउने घोषणा गरेका छन् ।
१) मार्च ८ तारिकबाट इंग्ल्याण्डकाे सबै स्कूलहरू खोलिने छन् । मार्च २९ बाट, ६जना सम्म भेटघाट गर्न सक्ने छन् ।
२ ) अप्रिल १२ बाट rule of six ( ६ जनासम्म ) को नियम पालना गर्दै अधिकांस व्यवसायहरु संचालनमा ल्याइने भएको छ ।
३) मे १७ तारिकबाट अधिकांस लक्डाउनको नियममा सहजीकरण गरीनेछ ।
४) जुन २१ बाट बाँकी रहेका सबै खाले सामाजिक दूरी तथा प्रतिबन्ध खुल्ला गरिने योजना रहेको छ ।
तर यी सबै नियमहरू मितिको आधारमा नभई, तथ्यांकको आधारमा पुनरावलोकन हुन सक्नेछन् ।