प्रतिनिधिसभा विघटनको सिफारिस खारेज, प्रतिपक्षी नेपाली कांग्रेसद्वारा निर्णयको स्वागत
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटनको लागि गरेकाे सिफारिस संविधान सम्मत नभएको भन्दै खारेज गरिदिएको छ ।
गत पुस ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा विघटन गर्ने सिफारिस राष्ट्रपति समक्ष गरेको थियो । प्रधानमन्त्रि केपि शर्मा ओलीको प्रतिनिधिसभा बिघटनको सिफारिस पछि नेपाल कम्युनिष्ट पार्टीमा प्रचण्ड- माधव नेपाल तथा केपि ओली समुह बीच तीब्र विवाद श्रृजना भएको छ ।