वातावरण प्रदुषणका कारण ४दिन स्कुल बन्द, हवाई सेवामा ढिला सुस्ती, बिश्वको प्रदूषित शहरमा काठमाडौं
च्यानल लण्डन,–
नेपालकाे काठमाडौं विश्वको सबैभन्दा प्रदूषित शहरहरू मध्ये एक बन्न गएकोछ । जसमा एयर व्वालिटी इन्डेक्स (AQI) ३सयको हाराहारीमा रहेकोछ । गत शुक्रवार १हजार मिटर भन्दा बढी देख्न नसकिने भएपछि सयौं घरेलु हवाई सेवा रद्द तथा ढिला सुस्ती हुनुका साथै गत शुक्रवार केही समयको लागि अन्तर्राष्ट्रिय उडानमा समेत आवतजातमा वन्द गरीएको थियो। नेपालमा हालैका दिनमा देखिएकाे वायु प्रदुषणका कारण पहिलाे पटक शुक्रवारसम्म ( चारदिन) शैक्षिक संस्थानहरू बन्द गर्ने निर्णय गरेको शिक्षा मन्त्रालयले जनाएकोछ । शैक्षिक संस्था पठन-पाठन बन्द रहेता पनि तालीका अनुसारको परिक्षा भने सुचारु रहने त्रिभुवन विश्व विद्यालयाले जनाएकोछ ।वायू प्रदूषणका कारण विशेष गरी आँखा पोल्ने, श्वासप्रश्वास सम्बन्धी समस्या देखिन थालेको जनाईएकाे छ।