बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले महारानी एलिजाबेथ द्वितीय समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत
बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले आज लण्डन स्थित बकिङ्घम प्यालेसमा आयोजित विशेष समारोहमा महारानी एलिजाबेथ द्वितीय समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । ओहोदाको पत्र ग्रहण गर्दै महारानीले राजदूत नियुक्ति हुनु भएकोमा आचार्यलाई बधाई दिँदै सफल कार्यकालको कामना गर्नु भएको थियो ।