डलर खाता खोल्न र लगानी गर्न आग्रह तथा नेपालमा आउने पर्यटकलाई फ्री भिसा दिने बारे छलफल जारी, अर्थमन्त्री जनार्दन शर्मा
सुरेन रुपाखेती, लण्डन , काठमाडौं (जीएनएन) — अर्थमन्त्री जनार्दन शर्माले संसारभर रहेका नेपालीलाई नेपाली बैंकमा डलर खाता खोल्न र लगानी गरी सहयोग गरिदिन आग्रह गरेका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री शर्माले प्रवासी नेपालीहरुले डलर खाता खोल्दा नेपालको अर्थतन्त्रलाई मद्दत पुग्ने बताए ।
‘१ लाख एनआरएनले १० हजार डलरका दरले खाता खोलिदिनुस् । बैंकहरुमा तरलताको अभावमा मद्दत नै पुग्ला,’ अर्थमन्त्री शर्माले आग्रह गरे ।