बेलायत सरकारले अबैध बाटो हुँदै बेलायत प्रवेश गर्ने गैरकानुनी आप्रवासीलाई अफ्रिकन रास्ट्र रुवान्डा पठाउने तयारी
बेलायत सरकारले अबैध बाटो हुँदै जनवरी १बाट बेलायत प्रवेश गर्ने गैरकानुनी आप्रवासी अर्थात इल्लेगल माइग्रेन्टहरुलाई बेलायतबाट ६हजार किलोमीटर टाढा अफ्रिकन रास्ट्र रुवान्डा पठाउने भएको छ ।
बेलायती गृहमन्त्री प्रीति पटेल तथा रुवान्डाका बिदेश मन्त्री भिन्सेन्ट बिरुटा बीच बिहिवार एक सम्झौतामा हस्ताक्षर भएको छ ।
आप्रवासीहरुलाई मानवीय संरक्षणको जरुरत भएमा, मानव अधिकारको खोजीमा रुवान्डामा सरणार्थीको लागि निवेदन दिन सक्नेछन् ।