बीबीसी मास्टर सेफ फाइनालिस्ट सन्तोष शाह ‘नेपाल पर्यटन विश्व सद्भावना दूत’ मा मनोनयन
काठमाडौँ (जीएनएन)- नेपाल सरकारले बीबीसी मास्टर सेफ फाइनालिस्ट सन्तोष शाहलाई ‘नेपाल पर्यटन विश्व सद्भावना दूत’ मा मनोनयन गरेको छ।
शुक्रबार पर्यटन मन्त्रालयमा आयोजित एक समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले चर्चित शेफ शाहलाई खादा लगाइदिनुका साथै प्रमाणपत्र पनि दिएका थिए।
उक्त अवसरमा बोल्दै शेफ शाहले आफुलाई सम्मान गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिए। “नेपाललाई मेरो क्षेत्रबाट सेवा गर्ने मौका दिइ राख्नोस,” उनले भने।