लण्डनमा रिटायर ब्रिटिश आर्मी मेयर बिष्णु गुरुङ तेस्रो पटक काउन्सिलरमा निर्वाचित
बिष्णु गुरुङ लण्डन बरो अफ हउन्स्लोको ह्यान्वर्थ पार्क वार्डबाट सन् २०२२-२६ का लागि तेस्रो पटक २सय ६८ मतको अन्तरले काउन्सिलरमा विजयी भएका छन ।

बेलायतको प्रतिपक्षी लेबर पार्टीबाट उम्मेदवार बनेका गुरुङले १हजार ३७ मत प्राप्त गरि बिजयी भएका हुन।
उक्त वार्डमा उनी संगै लेबर पार्टीबाट अर्का काउन्सिलर उम्मेदवार फराह कमरनले ९ सय ८३ मत प्राप्त गरि विजयी भएकी छिन ।
उनका प्रतिद्वन्द्वी कन्जर्भेटिभ पार्टीको उम्मेदवारले ७ सय ६९ मत प्राप्त गरेकी थिइन् । ईङ्ल्याण्डमा १४६ काउन्सिलमा ४हजार ३सय भन्दा बढी काउन्सिलरको लागि बैशाख २२ गते अर्थात मे ५ तारिकमा स्थानीय निर्वाचन भएको हो।