
Photo


क्याप्टेन सर टम मोर” जस्ले ३ करोड ३० लाख पाउण्ड संकलन, सम्मान् तथा गिनिज बुक वर्ल्ड रेकर्ड । फोटो फिचर
क्याप्टेन सर टम मोर
च्यानल लण्डन,
एकसय वर्षिय ” क्याप्टेन सर टम मोर” जस्ले वेलायतको स्वास्थ्य सेवाको लागि आफ्नै घरको गार्डेनमा १ सय ल्यापस् हिँडेर १ हजार पाउण्ड संकलन गर्न सुरु गरिएको अभियानमा ३ करोड ३० लाख पाउण्ड संकलन गर्नु भएको थियो ।
सबैको मन जित्न सफल तथा उहाँको योगदानको कदर गर्दै बेलायत सरकार तथा महारानी एलिजाबेथ द्वितीयबाट विभिन्न राष्ट्रिय सम्मान गरिएको थियो ।
दुईवटा गिनिज बुक वर्ल्ड रेकर्ड कायम गर्न सफल सर टम मोर दोस्रो विश्व युद्दमा इंडिया र बर्मामा सेवा गर्नु भएको थियो ।
एकसय वर्षिय ” क्याप्टेन सर टम मोर” को कोरोनाको कारण फेब्रुवरी २ तारिकमा मृत्यु भएको थियो ।
राष्ट्रको लागि उल्लेखनीय योगदान गर्नु भएका ” क्याप्टेन सर टम मोर” को उदाहरणीय क्षण तथा फोटो फिचर ..






बेलायतमा हुँदै गरेको जनगणना कार्यक्रममा सहभागी हुन इंग्ल्याण्ड राज्य परिषदद्वारा आव्हान
बेलायतमा रहेका नेपाली समुदायलाई जनगणनामा सहभागी बनाउन अभीयान सुरु गरिने भएकोछ । इङ्ल्यान्ड , वेल्स, नदर्न आयरल्याण्डमा मार्च २१ तारिखका दिन हुन गइरहेको जनगणनामा नेपाली समुदायको बढी भन्दा बढि सहभागीता तथा प्रभावकारी कसरी बनाउन सकिन्छ भनी विभीन्न संघसंस्था र त्यसका प्रतिनिधिहरु विच छलफल सुरु गरिएको छ । बेलायतमा रहेका नेपाली समुदायका अगुवाहरू तथा वेलायतको राष्ट्रिय तथ्यांक कार्यालयमा कार्यरत प्रतिनिधि/सल्लाहकारहरु विच जानकारी, प्रश्नोत्तर तथा नेपाली समुदायमा प्रभावकारी बनाउन जनगणना अभीयान सुरु गरिने जनाईएकोछ ।

फेब्रुवरी ७ मा एनआरएनए इंग्ल्याण्ड राज्य परिषदद्वारा आयोजीत भर्चुवल कार्यक्रममा बेलायतमा रहेका बिभिन्न संघ संस्था र त्यसका प्रतिनिधिहरुको सहभागिता र चासोले जनगणना अभियानलाई थप टेवा पुग्ने विश्वास गरिएको छ।
उक्त कार्यक्रममा प्रमुख अतिथि गैर आवासीय नेपाली संघ युके कि अध्यक्ष पुनम गुरुङ्ग रहेको उक्त कार्यक्रमको सभापतित्व इंग्ल्याण्ड राज्य परिषद अध्यक्ष दीपक श्रेष्ठ तथा सञ्चालन परिषद्का सचिव गोविन्द खरेलले गरेका थिए ।
भर्चुअल कार्यक्रममा सहभागी सामाजिक अभियन्ताहरुको एक झलक..
तस्वीर, जीत रानाभाट, सचिव एनआरएनए युके



महिला कानूनी सचेतना समूहको कोषाध्यक्ष तथा अधिवक्ता ऋतु थापा मगरद्वारा कलेक्सन प्राकृतिक दृस्य..
नेपालकाे प्राकृतिक सौन्दर्य, हावा, पानी, सर्वोच्च शिखर सगरमाथा, हिमालयका मनोरम दृष्यहरु, गौतम बुद्धको जन्मस्थल, हिन्दूहरूको पवित्र स्थल पशुपतिनाथ लगायत कयौ यस्था ठाउँहरू छन् जुन बास्तबमा प्राकृतिक देन हुन । गौरव गर्ने तथा प्राकृतीक दृश्यहरु अनगिन्ती छन् तर प्रचारप्रसारको अभावका कारण ती ठाउँहरू आझेलमा परेको आभास भइरहेको छ ।

लप्सिफेदी काठमाडौंबाट देखिएको दृश्य



फ्रान्सको पेरिसमा खुल्यो “मोमो हाउस” स्वादिष्ट मःमः का परिकारहरू (फोटो फिचर-१० वटा तस्विर)











फ्रान्सको पेरिसमा खुल्यो “मोमो हाउस”(फोटो फिचर-१०वटा तस्विर) नेपाल लगायत एसियामा अत्तिनै लोकप्रिय मानिँदै आएको मःमः विश्वका बिभिन्न देश हुँदै फ्रान्सको राजधानी पेरिस शहरमा नेपालीद्वारा प्रथम मःम रेस्टुरेन्ट “मोमो हाउस” को उद्घाटन भएको छ। फ्रान्स निवासी व्यवसायी शिब राम भण्डारीद्धारा संचालित उक्त व्यवसाय सफलताको लागि हार्दिक शुभकामना ।
{ Métro :ligne 8,9 station : Bonne Nouvelle, Paris, France }
{ All Pictures;- Shiva Ram Bhandari }

लन्डनको रमणिय तथा पर्यटकिय स्थलहरू, विश्लेषक बोज राजद्वारा संकलित;-फोटो फिचर,१० वटा तस्विर










{ All Pictures:- Boz Raj, London }
