अष्ट्रेलियामा सहुलियत ब्याजदरमा विभिन्न प्रकारका ऋण उपलब्ध गराउन “जुनो होम लोन” को सुरूवात ( भिडियो )

[समाचार “च्यानल लण्डन”का लागि “एभरेष्ट गौतम” बाट]

“जुनो होम लोन” स्थापनाको मुख्य लक्ष्य तथा उद्देश्य ग्राहकहरुलाई घर खरिद गर्न तथा लगानी गर्दा बजारमा न्यूनतम ब्याजदरमा एक उपयुक्त ऋणदाता छनौट गरी कर्जाको लागि आवश्यक कागजातहरू तयार गर्न सहयोग गर्ने उद्देश्य रहेकोछ।

सञ्चालक: बिनोद प्रसाद मैनाली, अष्ट्रेलिया

“जुनो होम लोन” अस्ट्रेलिया निवासी विनोद प्रसाद मैनाली तथा चन्द्रशेखर नेपालको संयुक्त स्वामित्वमा अस्ट्रेलियामा सञ्चालनमा ल्याउन लागिएको हो । उनीहरू दुवैजना लामो समय देखि अष्ट्रेलिया बस्दै आएका छन साथै आर्थीक तथा बैंकिङ्ग क्षेत्रमा निक्कै लामाे अनुभव रहेको जनाइएको छ।

सञ्चालक: चन्द्रशेखर नेपाल, अष्ट्रेलिया

“जुनो होम लोन” सम्वन्धी सल्लाह तथा छलफलको लागि निम्न फोन नम्बर:- ०४२५०१०१८० मा सम्पर्क गर्न अनुरोध गरिएकोछ ।