अमेरिका टेक्सास– नेपाली म:म, चिया, सेल रोटि, पानि-पुरी, चट्पटे, सेकुवा, छोयला लगायतका परिकार पकाउँदै- बेच्दै गरेका स्थानीय नेपाली रेस्टुरेन्टहरु, अर्को…
News Posts
लण्डन । प्रवासी नेपाली मंच (ओएनअफ) युकेको पुर्ण कार्यसमितिको बैठकले बेलायतभर इन्जार्च र १० विभागहरुको जिम्मेवारी तोकेको छ । ह्यारोस्थित…
जिएनएन । बेलायतका राजा चार्ल्स तृतीयले राष्ट्रका नाममा सम्बोधन गरेका छन । उनले अहिले अमेरिकी पूर्वीय समय दिउसो १ बजे…
लण्डन, बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद यूकेद्वारा २०९औँभानु जयन्ती विविध साहित्यिक कार्यक्रमका साथ उत्साहवर्धकरूपमा मनाइयो । वेस्ट लन्डन,एक्टन स्थित ए बि आइ कलेजमा आयोजित उक्त समारोहमा पुस्तक विमोचन तथापुरस्कार वितरण गर्नुहँदै समारोहका प्रमख परिषद्का पदेन संरक्षक महामहिम राजदूत ज्ञानचन्द्र आचार्यले नेपाली भाषा साहित्यको जागरण र सम्मान अभिबृद्धि गर्नमा आदिकवि भानुभक्तको योगदान गहन रहेको चर्चागर्नुका साथै नेपाली भाषा साहित्यको विकासमा नेपाली साहित्य विकास परिषद्को विशिष्ट योगदान रइतिहास रहेको चर्चा गर्नु भयो । आफ्ना सिर्जनाहरूद्वारा समाजलाई परिवर्तन तर्फ उन्नमुख गराउने सर्जकहरूको सम्मान गर्न पाउँदाखुसी लागेको चर्चा गर्नुहुँदै राजदूत आचार्यले डा. सुधा श्रेष्ठकोपुस्तक थेम्सनदीका दूई किनारामा समेटिएका कविताहरूले पनि सामाजिक चेतनाको विकासमा महत्वपूर्ण योगदान पु-याउने विश्वास व्यक्त गर्नु भयो । समारोहमा सम्मान अभिनन्दन ग्रहण गर्नुहुँदै विशिष्ट अतिथि वरिष्ठ चलचित्र निर्देशक तथासङ्गीतकार किरण प्रधानले बेलायतको माटोमा आफूले पहिलो नेपाली चलचित्र कस्तुरी बनाउँदाकोअनुभूतिहरू चर्चा गर्नुहुँदै परिषद्का संरक्षक महामहिम राजदूतबाट आज सम्मानित हुन पाउँदा आफूलाईहर्षानुभूति भएको छ भन्नु भयो । उहाँले यसरी कला साहित्य सङ्गीत क्षेत्रमा लागेका सर्जकहरूसलाई एकठाउँमा भेला गरेर उनीहरूले गरेका कामहरूको हेक्का राखेर कदर गर्नु भनेको समाजमा ठूलो प्रेरणा जगाउनु होजुन कार्य गरेर नेपाली साहित्य विकास परिषद् यूके ले बेलायती माटोमा नेपाली पहिचान फलाउने फूलाउनेसराहनीय काम गरेको छ भन्नु भयो । समारोहमा आदिकवि भानुभक्त आचार्यको जीवनी बारे प्रकाश पार्नुहुँदै परिषदका संस्थापक तथा निवर्तमान अध्यक्ष वरिष्ठ सहित्यकार सुरेशजङ्ग शाहले त्यसवेला अत्यन्त अविकसित समाज रहेकोइतिहासको त्यो कालखण्डमा आदिकवि भानुभक्तले नेपाली भाषामा जुन रामायणीय साहित्यको लहर चलाए त्यो आफैमा एक साहासिक कदम थियो र जसले नेपाली साहित्यको यात्रा तथा सामाजको चेतना र एकता जागरण गर्नमा महत्वपूर्ण योगदान पुयाएको चर्चा गर्नु भयो । समारोहमा विमोचित पुस्तक थेम्स नदीका दूईकिनारा कवितासङ्ग्रहको समिक्षा गर्नुहुँदै वरिष्ठ साहित्यकार शाहले जीवन र जगतको अन्तर सम्वन्ध रसम्वेदनशीलताको प्रसङ्ग कवयित्री डा.सुधा श्रेष्ठले आफ्ना कविताहरूमा मार्मिकरूपले उठाएकी छन् भन्नुभयो । सभापतिको आसनबाट वोल्नुहुदै परिषदका अध्यक्ष वरिष्ठ कविकोमल प्रसाद श्रेष्ठ मल्लले नेपालीसाहित्य विकास परिषद यूकेले आफ्नो स्थापनाकाल सन् १९९५ देखि नै बेलायतमा भानु जयन्ती मनाउँदैआएको चर्चा गर्नुहँदै नेपाली पहिचान युगयुग …
दिनेश कुमार परियार, लण्डन— लामो समय देखि लण्डनमा बसोबास गर्दै आएकी गायिका शर्मिला बर्देवाको नयाँगीत “योमुटुको” सर्बजनिक भएकोछ। युवागीतकार र…
गैर आवासीय नेपाली संघ युकेले आगामी ६ अगष्टमा बार्षिक साधारण सभाको आयोजना गर्ने भएको छ । वर्तमान कार्य समितीले पदभार…
लन्डन । गैर आवासीय नेपाली संघ बेलायतले आफ्नो पञ्जिकृत सदस्य तथा नेपाली चलचित्रकी चर्चित नायिका मिरुना मगरमाथि अभद्र व्यवहार भएको…
बिष्णु गुरुङ लण्डन बरो अफ हउन्स्लोको ह्यान्वर्थ पार्क वार्डबाट सन् २०२२-२६ का लागि तेस्रो पटक २सय ६८ मतको अन्तरले काउन्सिलरमा…