अमेरिकाको सान् फ्रान्सिस्कोमा "नेपाल डे परेड" को तयारी अन्तिम चरणमा, सहभागिताको लागि आव्हान
राजन कंडेल, अमेरिका
अमेरिका स्थित कालिफोर्नियाका विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा नेपाली नयां वर्षको उपलक्ष्यमा सान् फ्रान्सिस्कोमा गर्न लागेको “नेपाल डे परेड” को तयारी पुरा भएको आयोजकले जनाएको छ। परेड यहि अप्रिल ९ तारीख शनिबारका दिन बिहान ११ बजे सान् फ्रान्सिस्कोको फेरी बिल्डिंगबाट सुरु भएर सिभिक सेन्टरको यु एन प्लाजामा पुगेर कोण सभामा परिणत हुनेछ।
कार्यक्रममा अमेरिकाका विभिन्न राज्यहरुबाट र क्यालिफोर्नियाका विभिन्न सहरहरुबाट हजारौंको संख्यामा सहभागी हुने मूल आयोजक समितीका संयोजक एवं एनआरएनए अमेरिका वयस्ट कोस्ट रिजनका क्षेत्रिय अध्यक्ष श्रिराम थापाले जानकारी दिए। बाहिरबाट आउनुहुने पाहुनाहरुका लागी सान् फ्रान्सिस्को फाईनान्सियल डिस्ट्रिक्टमा रहेको होटेल हिलटनमा सुलभ मुल्यमा कोठाहरु बुकिंग गरिएको र विमानस्थलबाट पिक अप र ड्रप अफको समेत व्यवस्था गरिएको कार्यक्रमका हस्पिटालिटि एण्ड मेनेजमेन्ट संयोजक रवि सिंह बस्नेतले बताए।
एनआरएनए ले विभिन्न स्थानिय संघसंस्थाहरुसंग सहकार्य गरेर आयोजन गरेको कार्यक्रममा प्राय सबै संघसंस्थाहरुको प्रत्यक्ष संलग्नता रहने छ। विभिन्न संस्थाहरुले आफ्नो समुदाय अनुसार विभिन्न जातजाति, भाषा, धर्म र संस्कृति झल्काउने झांकी र भेषभुषा सहित परेडमा सहभागी हुने परेडको संघ संस्था संयोजन समितीका संयोजक उत्तम कार्किले जानकारी दिए।
सोही सांझ सान् फ्रान्सिस्कोकै युनाईटेड आईरिस कल्चर सेन्टरको हलमा सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिने भएको छ। उक्त कार्यक्रममा भोईस अफ नेपाल सिजन ३का विजेता किरण गजमेर, दोहोरी गायक मिलन लामा, गायिका संगिता थापा मगर, गायक उदय भट्टराई लगायत अन्य स्थानिय कलाकारहरुको प्रस्तुति रहने सांस्कृतिक कार्यक्रमका संयोजक निर्मल फुयांलले बताएका छन । प्रवेश शुल्क ३० डलर कायम गरिएको छ् । टिकट www.thingsnepali.com बाट अनलाईन काट्न सकिने जानकारी कार्यक्रमका आई टी एवं डिजाईनिंग संयोजक अभिषेक ज्ञवालिले दिए। सांझमा सांस्कृतिक कार्यक्रमको साथै डिनरको पनि व्यवस्था गरिने भएको छ।
बिहानको परेड र सांझको सांस्कृतिक कार्यक्रमको कुल खर्च ३५ हजार डलर अनुमान गरिएको छ। खर्च व्यवस्थापन र सहयोग संकलनको लागि राजेश थापा, नारायण खनाल र प्रितेश कार्की सम्मीलित आर्थिक समितीले आवश्यक बजेटको ९० प्रतिशत संकलन गरिसकेको जनाएको छ ।
