एनआरएनए इंग्ल्याण्ड राज्य परिषदद्वारा जनगणनामा सहभागि हुनको लागि आव्हान
बेलायतमा हुन लागेको जनगणनामा बेलायतमा बसोबास गर्ने संपुर्ण नेपालीहरुको ब्यापक सहभागिताको लागि गैर-आवासीय नेपाली संघ तथा इंग्ल्याण्ड राज्य समन्वय परिषदद्वारा इंग्ल्याण्डमा बसोबास गर्ने नेपालीहरुलाई कार्यक्रममा सहभागी हुन आव्हान गरेकोछ ।
बेलायतमा प्रत्येक १० बर्षमा हुने राष्ट्रिय जनगणनामा के कसरी नेपालीहरूको ब्यापक सहभागिता गराउन सकिन्छ भनेर एनआएनएयुके राज्य समन्वय परिषद इंग्ल्याण्डले करिब १ महिना देखि यस जनचेतना मुलक कार्यक्रमको लागि ONS संगको प्रत्यक्ष सम्पर्कमा रही आवश्यक सूचना मुलक कार्यक्रम तथा ट्रैनिङ्गमा सहभागी हुँदै आइरहेको सचिब गोविन्द खरेलले जानकारी गराउनु भएकोछ ।
आगामी दिनहरुमा इंग्ल्याण्डमा रहेका सम्पूर्ण स्थानीय संघ संस्था, बुद्धिजिवीवर्गहरु लगायत सामाजिक अभियन्ताहरु संग सहकार्य र वहॅाहरुको सहयोग सहित जनचेतना मुलक अभियानमा लाग्ने निर्यण गर्दै सम्पूर्ण कार्य समितिले यस जिम्मेवारीलाई एउटा काम गर्ने अवसरको रूपमा लिएको जानकारी राज्य समन्वय परिषद ईग्ल्याण्डका अध्यक्ष दीपक श्रेष्ठले जनाउनु भएकोछ ।
बेलायतमा प्रत्येक १० वर्षमा जनगणनाद्वारा यहाँ बसोबास गर्ने मानिस हरुको आंकडा संकलन गर्ने गरिन्छ। जनगणना २१ मार्च २०२१ को दिन हुन गैरहेको छ। सन् २०११ को जनगणनामा इंग्ल्याण्ड तथा वेल्स राज्यमा नेपाली समुदायबाट आंसिक रुपमा मात्र सहभागीता रहेको थियो।

जनगणनाका फाइदाहरु
जनगणना के हो त ?
जनगणना प्रत्येक १० बर्षमा ईङ्ग्ल्याण्ड तथा वेल्स भित्र बसोबास गर्ने मानिसहरुको बारेमा आंकडा संकलन गर्ने प्रक्रिया हो। यस प्रक्रियामा उमेर , स्वास्थ्य, लिङ्ग देखि लिएर यहाँ बसोबास गर्ने मानिसहरुका आस्था, धर्म, संस्कृति, पेशा लगायत अन्य महत्वपुर्ण बिषयहरुका सम्बन्धमा प्रश्न तयार गरि सूचना संकलन गरिन्छ । उक्त संकलन गरिएको आङ्कडाहरु शिक्षा, स्वास्थ्य, समान-अधिकार, लगायत अन्य महत्वपुर्ण सरकारका योजनाहरुमा लगानी तथा निर्यणहरु लिनको लागि प्रयोग गरिन्छ। सरकारले कोहि पनि सुबिधाबाट बन्चित हुनु नपरोश भन्ने अभिप्रायबाट आयोजना गरिने यो जनगणना कार्यक्रममा सम्पूर्ण नेपाली समुदायको पूर्ण सहभागिता रहोस भन्ने एनआरएनए युके को चाहना रहेको जनाइएको छ ।