लण्डन हाउन्स्लो मेयर बिष्णु गुरुङ पुनः काउन्सिलर उम्मेदवार, लण्डनमा स्थानीय चुनाव मे ५तारिकमा
बिष्णु गुरुङ लण्डन बरो अफ होउन्स्लो काउन्सिलको ह्यान्वर्थ वार्डमा लेबर पार्टीको तर्फबाट अर्को पटक पनि काउन्सिलरको उम्मेदवार बनेका छन ।
सन २०१४ देखि काउन्सिलर निर्वाचित हुँदै आएका उनी उप-मेयर हुँदै सन् २०२१/२२ का लागि लण्डन बरो अफ होउन्स्लोको मेयर पदमा निर्वाचित भएका थिए । इङ्ल्यान्ड्मा राजनैतीक रूपमा उच्च औहदामा रहेका नेपाली मूलका हाल बहालवाला मेयर उनी एक मात्र रहेका छन् ।
हङकङ, ब्रुनाई, सिंगापुर र बेलायतमा समेत सेवा गरिसकेका
रिटायर ब्रिटिश गोर्खा आर्मी ( स्टाफ सर्जेन्ट) बाट वेलायतको राजनैतिक दल लेबर पार्टीबाट सक्रिय गुरुङ, पेशाले उनी बस ड्राइभर हुन ।
इङ्ल्यान्डमा मे ५तारिकमा हुन गइरहेको स्थानिय चुनाबका लागि विभिन्न राजनैतिक दल तथा उम्मेदवारहरु प्रचारप्रसारमा ब्यस्त देखिन थालेका छ्न ।
ग्रेटर लण्डन तथा लण्डन बाहिर १४६ काउन्सिलमा ४हजार भन्दा बढी काउन्सिलरको लागि निर्वाचन हुँदैछ।
संयुक्त अधिराज्यमा करिब २० हजार काउन्सिलर छन जस्मा सत्तारुढ कन्जर्भेटिभ पार्टीबाट निर्वाचित ७ हजार भन्दा बढी छन भने प्रतिपक्षी लेबर पार्टीबाट निर्वाचित करिब ६ हजार छन ।
हालैको यु-गभ-पोलको एक सर्वेक्षण अनुसार आगामी स्थानीय चुनावमा लेबर पार्टीले ३६% प्रतिशत, कन्जर्भेटिभ पार्टीले ३५% तथा लिबरल डेमोक्रेटिक पार्टीले ९% काउन्सिलर जित्न सक्ने अनुमान गरेको छ ।