बेलायत सरकारले अबैध बाटो हुँदै बेलायत प्रवेश गर्ने गैरकानुनी आप्रवासीलाई अफ्रिकन रास्ट्र रुवान्डा पठाउने तयारी
सुरेन रुपाखेती, लण्डन, बेलायत सरकारले अबैध बाटो हुँदै जनवरी १बाट बेलायत प्रवेश गर्ने गैरकानुनी आप्रवासी अर्थात इल्लेगल माइग्रेन्टहरुलाई बेलायतबाट ६हजार किलोमीटर टाढा अफ्रिकन रास्ट्र रुवान्डा पठाउने भएको छ ।
बेलायती गृहमन्त्री प्रीति पटेल तथा रुवान्डाका बिदेश मन्त्री भिन्सेन्ट बिरुटा बीच बिहिवार एक सम्झौतामा हस्ताक्षर भएको छ ।
आप्रवासीहरुलाई मानवीय संरक्षणको जरुरत भएमा, मानव अधिकारको खोजीमा रुवान्डामा सरणार्थीको लागि निवेदन दिन सक्नेछन् ।
जस्का लागि सुरुमा बेलायत सरकारले १सय बीस मिल्लियन अर्थात करिब २अरब रुपैयाँ दिने जनाएको छ ।
फ्रान्सबाट इङलिस च्यानल हुँदै दैनिक सयौं आप्रवासीहरु अबैध बाटो हुँदै, डुंगा तथा लहरीबाट बेलायत प्रवेश गर्न थालेका छन् । अधिकांस अर्थात ९८%ले शरणार्थीको लागि निवेदन गर्ने गरेको देखिन्छ ।
हाल बेलायतमा रहेका लाखौं शरणार्थीहरुको लागि दैनिक ५मिल्लियन पाउण्ड सरकारले खर्च गर्ने गरेको देखिन्छ ।
बेलायत सरकारको गैर कानुनी आप्रवासीहरुलाई रुवान्डा पठाउने योजनाको, मानव अधिकार कर्मी, शरणार्थी तथा च्यारिटी संस्थाहरु, बेलायत तथा रुवान्डामा बिबादास्पद तथा अस्पष्ठ निर्णय भन्दै कडा रूपमा आलोचना हुन थालेको छ ।
तत्काल गरेको एक सर्वेक्षण अनुसार सरकारी निर्णय संग ६०% बेलायती जनता असहमत रहेको छ।
गत बर्ष फ्रान्सबाट इङलिस च्यानल हुँदै अबैध तथा गैर कानुनी रूपमा करीब तीस हजार आप्रवासीहरु बेलायत प्रवेश गरेको बिश्वास गरिएको छ । यो बर्ष ६०हजार प्रवेश गर्न सक्ने अनुमान गर्दै बेलायत सरकारले थप कडाई गर्ने भएको छ ।
अहिले बेलायतमा करिब ५लाख गैर कानुनी आप्रवासी रहेको बिश्वास गरिएको छ् । यत्ति नै छन भनी एकिन गर्न सरकारलाई हम्मे परेको देखिन्छ ।
गत चुनावमा बेलायतको सत्तारुढ कन्जर्भेटिभ पार्टीले लाखौं आप्रवासीबाट घटाएर दशौ हजारमा ल्याउने घोषणा पत्र जारी गरेको थियो । त्यसैलाई मध्य नजर गर्दै सरकारले कडा नियम ल्याएको हुन सक्ने जनाइएको छ ।
अर्कोतिर प्रधानमन्त्री बोरिश जोह्न्सनले आप्रवासीहरुको लागि ढोका बन्द गर्न खोजेको नभई, अबैध बाटोबाट प्रवेश गर्ने आप्रवासीहरूलाई नियन्त्रण गर्न खोजेको उल्लेख गरेका छन ।