एनआरएनए केन्याद्वारा नैरोबी बिमानस्थलमा अध्यागमनलाई १० हजार मास्क सहयोग ।
नैरोबी , केन्या ।
गैरआवासीय नेपाली संघ, केन्याको तर्फबाट सस्थापक अध्यक्ष कुल बहादुर कार्कीको नेतृत्वमा केन्याटा अन्तराष्ट्रिय बिमान स्थलका अध्यागमन बिभाग केन्याकि उपनिर्देशक श्रीमती एलीसेन्ट ओडिपो र निर्देशक एरीक रोटिचलाई दस हजार थान मास्क सहयोग स्वरुप हस्तान्तरण गरिएको छ । कोरोना महामारी रोकथाममा सहयोग पुर्याउने उद्देश्यले आयोजीत उक्त कार्यक्रममा गैर आवासिय नेपाली संघ केन्याका महासचिव टीका धिताल , पुर्ब आइसीसी सदस्य यादब काफ्ले, पुर्ब अध्यक्ष कृष्णदत्त भट्ट र कोषाध्यक्ष भरत रेग्मी उपस्थित रहेका थिए ।
केन्यामा रहेका नेपालीहरुको सहयोग प्राप्त गर्दै अध्यागमन निर्देशकले एनआरएनए केन्यालाई धन्यवाद दिदै कृतज्ञता व्यक्त गरेका थिए । सघका तर्फबाट सस्थापक अध्यक्ष कुलबहादुर कार्कीले मास्क किन्न सहयोग गर्नु हुने सम्पुर्ण सदस्यहरुलाई धन्यवाद दिदै भविस्यमा पनि यस्तो सहयोग जारी राख्ने बिश्वास व्यक्त गरेका थिए।