बेलायतमा स्थायी बसोवासका लागि ५० लाख आवेदन, करिब ३९ हजार अस्वीकृत, ५० हजार खारेज
च्यानल लण्डन,
बेलायत युरोपियन युनियनबाट अलग हुनु पूर्व, सन् २०१९ मार्चमा युरोपियन युनियनका नागरिकहरूलाई बेलायतमा स्थायी बसोबासको योजना अन्तर्गत अवसर प्रदान गरिएको हो । बेलायतमा स्थायी वा पूर्व स्थायी बसोबासका लागि आवेदन दिन गरिएकाे आग्रह अनुसार, जनवरीको अन्त्यसम्म ५० लाख भन्दा बढि व्यक्तिले बेलायतमा स्थायी बसोबासको लागि आवेदन गरेकाे जनाईएको छ । जस्मा करिब २५ लाख स्थायी वसोवासको आबेदन स्वीकृति गर्दै, वसोवासको अधिकार प्रदान गरेकोछ ।
बेलायत र युरोपियन यूनियन वीच ब्रेकजिटका बेला गरिएको विभिन्न सम्झौता मध्य एक महतत्वपूर्ण मानिएको समझौता स्थायी वसोवासको अधिकार रहेको थियो । जस अनुसार युरोपमा रहेका करिब १२ लाख बेलायती नागरिकहरु युरोपमा बस्न चाहेमा वसोवासको अधिकार दिने तथा त्यस्तै गरी बेलायतमा रहेका करिब ३२ लाख युरोपियन यूनियनका नागरिकहरु बेलायत बस्न चाहेमा वसोवासको अधिकार दिने सम्झौता अनुसार यो बिशेष अधिकार प्रदान गरिएको हो ।
थप २० लाखलाई पूर्व-स्थायी बसोबासको अधिकार प्रदान गरिएको छ । उनीहरूले स्थायी बसोबासको लागि ५ बर्ष बेलायत बसोबास गरेपछि पुन: आवेदन गर्नुपर्ने छ।
त्यसतै करिब ३९ हजार व्यक्तिको प्रक्रिया नपुगेका आवेदनहरू अस्वीकृत गरिएको छ । करीब ५१ हजारले पहिले आवेदन गरेको तर पछि आवेदन फिर्ता लिईएको जनाइएको छ । त्यस्तैगरी ५० हजार भन्दा बढि आवेदन प्रक्रिया नपुगेका वा गलत आवेदन परेकाले रद्ध गरिएको छ। बेलायतमा बसोबासका लागि आवेदन दिन अयोग्य वा प्रयाप्त प्रमाण पेश गर्न असफल भएमा निवेदन रद्ध गर्ने अधिकार वेलायतको गृहमन्त्रालयमा निहित रहेकोछ ।
तत्कालीन समयमा करिब ३२ लाख युरोपियन यूनियनका नागरिकहरु बेलायत रहेको विश्वास गरिएता पनि अहिले ५० लाख भन्दा बढीको स्थायी वा पूर्व स्थायी बसोवासको लागि आवेदन परिसको जनाइएको छ । जो अहिले बेलायतमा रहेका छन वा काम गरीरहेका छन उनीहरुका पारिवारिक सदस्यहरू जोडिन चाहेमा सन् २०२१ जुन सम्म आवेदन गर्न सक्ने गरी थप समय उपलव्ध गराईएको छ ।
बेलायत र युरोपियन यूनियन बीच व्यापारिक सम्झौताको लागि अन्तिम समय सम्म गरिएको पहल/प्रयास सफल भएको दुवै पक्षको दावी रहेको थियो । उक्त सम्झौतालाई वेलायतको संसदमा प्रतिपक्ष लेबर पार्टीको समेत समर्थनमा अत्यधिक बहुमतले पारित गरेको थियो ।