३३ देशबाट बेलायत प्रवेश गरे १० दिन क्वारेन्टाइन, ढाँटेमा ५ देखि १० हजार पाउण्ड सम्म जरिवाना
च्यानल लण्डन
बेलायतले ‘रेड-लिस्ट” मा राखेको वा कोरोनाले बढी प्रभावित भएका विश्वका ३३ देशबाट सोमबार अर्थात फेब्रुअरी १५ तारिखबाट बेलायत प्रवेश गर्ने नागरिकले १० दिनको लागि होटलमा क्वारेन्टाइन बस्नु पर्ने अनिवार्य व्यवस्था गर्ने भएको छ ।
बेलायत सरकारबाट स्वीकृत गरेको स्थानमा रहन दश दिनको लागि १७५० पाउण्ड अर्थात् करिब २लाख ७० हजार रुपैयाँ तिर्नु पर्ने हुन्छ । उक्त नियमको उल्लंघन गरेमा १० वर्ष सम्म जेल बस्नु पर्ने छ । गलत जानकारी दिएमा वा ढाँटेमा ५ देखि १० हजार पाउण्ड सम्म जरिवाना हुन सक्ने कडा नियम लागु गरिने भएको छ ।
बेलायत सरकारले फेब्रुवरी १५ सम्ममा १ करोड ५०लाख जनालाई कोरोना बिरुद्दको खोप दिने लक्ष्य रहेको छ । गत महिनाको तुलनामा कोरोना महामारी तथा मृत्यु दर घटेकाले अहिले कायम रहेको कडा लक्डाउन अर्को हप्ताबाट पुनरावलोकनको तालिका बनाउने संकेत देखिएको छ । पहिलो चरणमा अहिले बन्द रहेको स्कूलहरु सञ्चालनमा ल्याउन प्रयास गरिनेछ ।
कोरोना महामारीका कारण वेलायतको अर्थतन्त्र नराम्रो संग प्रभावित भएको छ भने बेरोजगारी बढदै गएको छ । लक्डाउनका कारण अत्ति आवश्यक बाहेक सबै व्यवसायहरु बन्द रहेकाछन। बिशेष गरी होटल व्यवसाय तथा पर्यटन क्षेत्रमा अझै बढी प्रभावित भएको देखिन्छ ।
निम्न उल्लेखित विभिन्न मुलुकबाट बेलायत प्रवेश गरे अनिवार्य रुपमा १० दिन क्वारेन्टाइन बस्नु पर्नेछ । नबसे जरीवाना तथा जेल संजाय गरिने भएकोले नियम र कानुनको पालना गर्न सवैमा अनुरोध गरिएकोछ।