बाग्लुङ जिल्ला बिहुँकोट अन्तराष्ट्रीय समाजको गठन,
च्यानल लण्डन
बागलुङ जिल्लाको बिँहुकोट हाल काँठेखोला गाउपालिका वडा नं ५ र ६ बाट रोजगारी, अध्ययन, तथा ब्याबसायका सिलसिलामा विदेशमा रहेका बिँहुकोटेहरुको साझा संस्था बिहुँकोट अन्तराष्ट्रीय समाजको गठन भएको छ । बिहुँकोट समाज जापान, बिहुँकोट हेल्प नेटवर्क युके, बिहुँकोट हेल्प नेटवर्क पोर्चुगल, बिहुकोट अष्ट्रेलिया समाज लगायतका बिहुँलाइ आधार मानेर प्रदेशमा खोलिएका सस्थाहरुको पहलमा यो संस्थाको स्थापना भएको हो । संसारभरी रहेका बिहुँकोटेहरुलाई एउटै संजालमा जोडन एउटा साझा अन्तराष्ट्रिय संस्था स्थापना गर्ने उदेश्यले गत जुलाइ महिनाबाट सामुहिक पहल गरिएको थियो । यसै क्रममा गत आइतवार आयोजित संसार भर रहेका बिहुँकोटेहरुको एक बिशेष भेलाले पूर्ब घोषित ५१ सदस्यिय तदर्थ समितिलाई बृद्धि गर्दै जुम भेलाले बिहुँकोट समाज जापानका निवर्तमान अध्यक्ष देविलाल सुबेदीको संयोजकत्वमा ११३ सदस्यीय बिहुँकोट अन्तराष्ट्रीय समाज मुल समिती गठन गरेको छ ।
सदस्य सचिवमा समाजका महासचिब सिबलाल कडेल रहेका छन् । भेलाले मुल समितीका संयोजक देवीलाल सुबेदीको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिती समेत गठन गरेको छ । कार्य समितीका अन्य पदाधिकारीमा उपाध्यक्ष प्रेम कडेल (युके), उपाध्यक्ष प्रकास कडेल (अमेरीका), उपाध्यक्ष विकास सापकोटा (अष्ट्रेलिया), महासचिव सिवलाल कडेल (जापान) सचिव रमेश कडेल (पोर्चुगल) सचिव जुना निउरे सापकोटा (युके), कोषाध्यक्ष दिपक कडेल (जापान), सहकोषाध्यक्ष भागीरथी कडेल पोर्चुगल रहेका छन् । यसैगरी सदस्यहरूमा बेलायत बाट शेखर कडेल, दयानिधी सापकोटा, गंगा कडेल, शिव कँडेल पोर्चुगलबाट टंक कडेल, दिपक कडेल, अमेरिकाबाट डा.युधिष्ठिर कडेल, जापानबाट अशोक शर्मा गोपाल, महेन्द्र प्रसाद कडेल, अनन्त रिजाल, घनश्याम, कडेल र स्पेनबाट खिमानन्द कडेल रहेका छन् । भेलाले बिहुकोट अन्तराष्ट्रिय समाजको बिधान मस्याौदा तयार गर्न नारायणदत्त कडेल (युके) को संयोजकत्वमा एक विधान समिती समेत गठन गरेको छ भने आर्थिक संयोजकमा ऋषिराम कँडेललाई चयन गरेको छ । बिहुकोट अन्तराष्ट्रिय समाजमा आवद्ध संस्थाका प्रतिबद्ध सदस्यहरु र संस्थाहरु नभएका देशहरुमा ब्याक्तिगतरुपमा अन्तराष्ट्रिय बिहुकोट समाज संग आवद्ध गराउन प्रयास गरिने भएको छ। सात सय भन्दा बढि साधारण सदस्यहरु यस संस्थामा आवद्ध भएको जनाइएको छ ।
बिहुँको धार्मिक, सामाजिक, सांस्कृतीक तथा भौतिक विकासमा सहयोग पुर्याउन, यहाँका धार्मिक तथा सांस्कृतिक महत्वका स्थानहरुको विकास, संरक्षण, संम्बर्धन गर्दै यस क्षेत्रलाई धार्मीक पर्यटनको उत्कृष्ठ गन्तब्य बनाउने लक्ष्य रहेको छ । गुरुकुल लगायत स्थानिय शैक्षिक संथाहरुको विकासमा योगदान गर्ने, गाउँमा खेलकुदको विकास, शैक्षिक तथा ब्यावसायीक अवसरहरुको विकास गर्ने लगायतका गतिविधीमा केन्द्रित हुने उदेश्य लिएको छ । बिहुकोट अन्तराष्ट्रिय समाजले आगामी जेष्ठ ११ गते रथयात्राको अवसरमा बिहुँमा एक भब्य धार्मिक महत्सवको आयोजना गर्ने निर्णय गरि आउँदो मिटिङबाट सल्लाहकार परिषद र बिभिन्न उप-समिति थप गर्ने निर्णय समेत गरेको छ!!
अन्तराष्ट्रिय बिहुकोट समाजको मुल समितीको विवरण यस प्रकार रहेको छ ।