नेपाल कम्युनिष्ट पार्टीको विवाद केन्द्र देखि बेलायत सम्म, नयाँ गठीत कमिटीलाई एनआरएनए को शुभकामना प्रति आपत्ति
च्यानल लण्डन,
प्रवासी नेपाली एकता मंच बेलायत अध्यक्ष राजेन्द्र पुडासैनीद्धारा भर्चुल माध्यमबाट पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी कार्य समितिका अधिकांस सदस्यहरु “प्रचण्ड-नेपाल” पक्षमा रहेको दाबी गरेका छन् ।
अहिले सम्म नेपाल कम्युनिष्ट पार्टी फुटी नसकेको अवस्थामा आफूले नेतृत्व गरेको प्रवासी नेपाली एकता मंच बेलायत आधिकारीक रहेको जनाएका छन् ।
मंचका अध्यक्ष राजेन्द्र पुडासैनीले आफूले नेतृत्व गरेको कमिटी वैधानिक रहेको प्रमाण देखाउँदै, नयाँ गठन गरिएको प्रवासी नेपाली मंच युके का अध्यक्ष भक्त गुरुङ्गलाई साधारण सदस्यबाट समेत हटाइएको जनाएका छन् ।
पत्रकारहरुको जिज्ञासा माथि प्रष्ट पार्दै, प्रवासी नेपाली एकता मंच बेलायत कमिटीका ३४ जना सदस्यहरु मध्य ७ जना सदस्यहरु अवैधानिक कमिटीमा सामेल भएको भन्ने खबर आएको जनाउँदै, उनीहरू संग आफुहरूले स्पष्टीकरण सोधेर, चित्त बुझ्दो जवाफ नआएमा कार्यवाही गरिने जानकारी दिएका छन ।
अहिलेको अवस्थामा संसद बिघटनको प्रस्ताब असंवैधानिक रहेको जिकिर गरेका छन् । कमिटीका अधिंकाश सदस्यहरुले नेपाल कम्युनिष्ट पार्टी आधिकारिक रूपमा विभाजन नभएकोले, नयाँ गठन भएको कमिटीको वैधानिकता माथि प्रश्न खडा भएको जनाएका छन् ।
एनआरएनए युके अध्यक्ष पुनम गुरुङ्गले नयाँ गठन गरिएको प्रवाशी नेपाली मंच युके ( नेकपा ओली ) समूहलाई शुभकामना दिएको विषयमा आपत्ति जनाउँदै राजनैतीक संस्थाहरूको बिबादमा चासो नलिन सचेत गराउने जनाएका छन् । एनआरएनए युके ले आफ्नै संस्था माथी उठेका प्रसस्त प्रस्नहरूको छानबीन हुनुपर्ने कुरामा जोड दिएका छन्। जन चासोका धेरै काम गर्न बाँकी छ, त्यसतर्फ केन्द्रीत हुन सुझाएका छन। पत्रकारहरू संग कुरा गर्दै अबैधानिक कमिटीको बिषयमा अभिव्यक्ति दिएर विवाद निम्त्याउन खोजेको आरोप लगाएका छन ।
पत्रकार भेटघाट कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेताहरू महासचिब सुरेश गौतम, रबीन्द्र कणेल र उमेशराज मोक्तान तथा विभिन्न सञ्चार माध्यममा आवद्व पत्रकारहरुको सहभागिता रहेको थियो ।