बेलायतमा ( नेकपा ओली ) को राष्ट्रीय भेला सम्पन्न, १२५ सदस्य कार्यसमितिको नामावली सहित
भक्त गुरुङ्ग, अध्यक्ष, प्रवासी नेपाली एकता मंच युके ( नेकपा ओली समुह )
च्यानल लण्डन,
प्रबासी नेपाली एकता मंच-यूकेद्वारा जारी प्रेस विज्ञप्तिमा ७ फेब्रुअरी २०२१ का दिन प्रबासी नेपाली एकता मंच ( नेकपा ओली ) युकेको राष्ट्रिय भेलाले भक्त गुरुङको अध्यक्षतामा १२५ सदस्य राष्ट्रिय कमिटि तथा विभिन्न इलाका कमिटीहरु गठन गरेको जनाएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा ओली ) को नीति तथा कार्यक्रमलाई समर्थन गर्ने पार्टी सदस्य, समर्थक र सुभेच्छुकहरुको संगठनको रुपमा प्रबासी नेपाली एकता मंच-युके गठन गरिएको जनाइएको छ ।
नेपालको लोकतान्त्रिक आन्दोलन र राष्ट्रिय हितका साथै प्रबासी नेपालीहरूको सरोकारका बिषयहरुमा आवाज उठाउन संगठन सधै अग्रपंतिमा रहने जनाएको छ ।
प्रबासी नेपालीहरुको नेपाली नागरिकता निरन्तरता, सम्पतिको अधिकार, पूर्व ब्रिटिस गोर्खा सैनिकहरूको आन्दोलन प्रति ऐक्यबद्दता लगाएत आर्थिक सामाजिक अधिकार स्थापित गर्न नेपाल सरकारसंग हातेमालो गर्दै अगाडी बढ्ने जनाएको छ।
राष्ट्रिय भेलामा सहभागी भएर कमिटि गठन गर्नको लागि महत्वपुर्ण नीति निर्देशन दिनुहुने नेपाल सरकारका माननीय गृहमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीको सचिबालय सदस्य राम बहादुर थापा (बादल ), संबिधान सभा अध्यक्ष तथा पूर्व सभामुख सुभाष नेम्वांग लगाएत प्रबासी नेपाली एकता मंच संगठनका पुर्ब अध्यक्षहरू राम शरण सिमखडा, आङकलजङ्ग लामा, कर्ण शाही, दिनेश घिमिरे तथा सहभागी सम्पुर्ण सदस्यहरूमा हार्दिक धन्यबाद ब्यक्त गरिएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रबासी नेपाली एकता मंच ( नेकपा ओली ) युकेको, फेब्रुअरी ७ सन् २०२१ का दिन सम्पन्न राष्ट्रिय भेलाले भक्त गुरुङको अध्यक्षतामा १२५ सदस्य राष्ट्रिय कमिटि बेलायत तथा विभिन्न इलाका कमिटीहरुको नामावली यस प्रकार छ ।