काभ्रे सोसाईटी यूके उदाहरणीय बनाउने प्रतिबद्धता, बिपन्न १५ विद्यार्थीलाई सहयोगको तयारी
मिलन शर्मा, लण्डन,
नेपालको काभ्रेपलाञ्चोक जिल्ला जन्म स्थल भई हाल बेलयातको विभिन्न शहरहरुमा बसोबास गर्दै आएका व्यक्तिहरूलाई संगठित गर्ने उद्देश्यले गत वर्ष स्थापना भएको काभ्रे सोसाइटी युकेद्वारा सामाजिक कार्यको थालनी गरेको छ । फेब्रुवरी १४ प्रेम दिवसका दिन भर्चुअल माध्यमबाट बसेको कार्य समितिको बैठकले १५ जना विद्यार्थीलाई पढाउन सहयोग गर्ने जनाएको छ ।
काभ्रे सोसाइटीका अध्यक्ष रवीन्द्र शर्माको अध्यक्षता सम्पन्न उक्त वैठकमा सहभागी १५ जना समितिका सदस्यहरू सबैले विपन्न विद्यार्थीहरूको पढाईमा सहयोग पुराउने बताएका थिए ।
संस्था स्थापना पछि उत्साहित रहेको जनाउँदै, बेलायतमा रहेक़ा काभ्रेलीका बाल-बालिकालाई ध्यानमा राखेर अतिरिक्त कार्यक्रम ल्याउने तथा संस्थालाई उदाहरणीय बनाउँने उद्देस्य अनुरुप कार्य गरिने जनाएका छन।
आगामी शैक्षिक सत्रबाट लागु हुने गरी सञ्चालनमा ल्याउन लागिएको विद्यार्थी सहयोग अभियानलाई निरन्तरता दिन तथा थप विपन्न विद्यार्थी/परिवारको सहयोगको लागि काभ्रेली तथा सम्पूर्णमा सहयोगको लागि आव्हान समेत गरेको छ ।
एनआरएनए युके सल्लाहकार तथा काभ्रे सोसाइटी युके का बरिष्ट उपाध्यक्ष नारायण फुयाँलद्वारा संस्थाले गरेको सुरूवात प्रति आफू अत्यन्तै सकारात्मक रहेकाे जनाएका छन् । जन्मस्थल प्रतिको दायित्व तथा जिम्मेवारी बोध भएको जनाउँदै, आफू सहयाेग गर्न तथा जुटाउन सधैं तयार रहने जनाएका छन् ।
भर्चुअल माध्यमबाट आयोजित उक्त कार्यक्रमको संचालन महासचिव रूपक पौडेलबाट भएको थियो ।