बेलायतबाट रिलिज "चोखो माया" गीतको म्यूजिक भिडियो
काठमाडौँ । गायिक आवेश कुइंकेलको आवाजमा तिम्रो ” चोखो माया ”’ बोलको गीत म्यूजिक भिडियो बेलायतबाट सार्वजनिक भएको भएको छ ।
गायिक आवेश कुइंकेलको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतमा शब्द रबिन्द्र (रबि) मल्ल , संगित कल्याण सिंह , दिनेश श्रेष्ठ , स्थापित संजीव मैनालीको रहेको छ । बेलायतका विभिन्न स्थानहरुमा छायांकन गरिएको यस म्यूजिक भिडियोमा विकेश बस्नेत र कविता बिष्टको अभिनय रहेको छ ।

मोडल विकेशले बेलायतमा करिब एक दर्जन बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् ।
प्रणय दिवसको अवसर पारेर सार्वजनिक उक्त म्यूजिक भिडियोलाई बेलायतमा नै आफ्नो कर्मथलो बनाएका आशिष श्रेष्ठले छायाङ्कन, सम्पादन र निर्देशन गरेका हुन् ।