क्याप्टेन सर टम मोर" जस्ले ३ करोड ३० लाख पाउण्ड संकलन, सम्मान् तथा गिनिज बुक वर्ल्ड रेकर्ड । फोटो फिचर
क्याप्टेन सर टम मोर
च्यानल लण्डन,
एकसय वर्षिय ” क्याप्टेन सर टम मोर” जस्ले वेलायतको स्वास्थ्य सेवाको लागि आफ्नै घरको गार्डेनमा १ सय ल्यापस् हिँडेर १ हजार पाउण्ड संकलन गर्न सुरु गरिएको अभियानमा ३ करोड ३० लाख पाउण्ड संकलन गर्नु भएको थियो ।
सबैको मन जित्न सफल तथा उहाँको योगदानको कदर गर्दै बेलायत सरकार तथा महारानी एलिजाबेथ द्वितीयबाट विभिन्न राष्ट्रिय सम्मान गरिएको थियो ।
दुईवटा गिनिज बुक वर्ल्ड रेकर्ड कायम गर्न सफल सर टम मोर दोस्रो विश्व युद्दमा इंडिया र बर्मामा सेवा गर्नु भएको थियो ।
एकसय वर्षिय ” क्याप्टेन सर टम मोर” को कोरोनाको कारण फेब्रुवरी २ तारिकमा मृत्यु भएको थियो ।
राष्ट्रको लागि उल्लेखनीय योगदान गर्नु भएका ” क्याप्टेन सर टम मोर” को उदाहरणीय क्षण तथा फोटो फिचर ..