बेलायती प्रधानमन्त्रीले लक्डाउन सहजीकरण तथा सम्पुर्ण स्कूल खोल्ने घोषणाको तयारी,
( बोरिस जोन्सन, प्रधानमन्त्री, बेलायत )
च्यानल लण्डन,
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आज बेलुकी अर्थात् फेब्रुवरी २२ तारिक लक्डाउनलाई चरणवद्ध रूपमा सहज बनाउन तालीका प्रकाशीत गर्ने भएका छन्।
बेलायतमा कोरोना भाईरसको प्रभाव कम हुँदै गएपछि, लामो समय देखि कायम रहँदै आएको लक्डाउन सहजीकरणको लागि पहिलो तालिका अनुसार इंग्ल्याण्डकाे सबै स्कूलहरू मार्च ८ तारिकबाट खोलिने छन् । स्कूल बाहिरका खेल तथा क्रियाकलापहरू पुनः सुरु गर्न अनुमति दिने सम्बन्धमा प्रधानमन्त्रीले घोषणा गर्ने संकेत गरेका छन् ।
एक अर्को व्यक्तिको साथ आउटडोर कफी पिउन वा पार्कमा सँगै बस्न अनुमति दिइनेछ । ६जना सम्म भेटघाट अर्थात् दोश्रो परिवारका सदस्यहरु संग भेटघाट गर्न भने मार्चको अन्तिम सम्म पर्खनु पर्नेछ ।
दोस्रो तालिकामा होटल, रेस्टुरेन्ट तथा हस्पिटालिटि व्यवसाय खोल्न र मानिसहरू जम्मा हुने खेलकुद ब्याम जस्ता अत्ति आवश्यकीय वर्गीकरणमा नपरेका व्यवसायहरु अवस्था हेरेर अप्रीलबाट सञ्चालनमा ल्याउन सकिने संकेत देखापरेको छ।
बेलायतमा करिब १ करोड ८० लाख ब्यक्तिलाई कोरोना भाईरस बिरुद्दको पहिलो खोप लगाई सकिएको छ ।
यो सांख्य बेलायतमा रहेका वयस्क मध्य तीन भागको एक भाग हुन जान्छ।
युरोपीयन मुलुकहरूको तुलनामा बेलायतले कोरोना बिरुद्दको खोप व्यापक तथा राष्ट्रिय अभियानको रुपमा सञ्चालनमा ल्याएको तथ्यांकले देखाएको छ ।
केही दिन पहिले बिदेश मंत्री डोमिनिक रावले सेप्टेम्बरको अन्तिम सम्ममा प्रत्यक वयस्क नागरिकलाई खोप दिने लक्ष्य अनुरुप कार्य भइरहेको जनाएका थिए ।
तर प्रधानमन्त्री बोरिस जोन्सनले आगामी हप्ताबाट अझ चाँडो कोरोना विरुद्दको खोप लगाइने जनाउँदै, जुलाईको अन्त्य सम्ममा प्रत्येक वयस्क ब्यक्तिलाई कोरोना विरुद्दको खोप लगाउने लक्ष्य रहेको जनाएका छन् ।
बेलायतमा कोरोना भाईरसबाट करीव ४१ लाख प्रभावित भएका मध्य १ लाख बीस हजार जनाको मृत्यु भइसकेको छ ।