बेलायतमा सबै खाले लक्डाउन खुल्न अझै चार महिना लाग्ने, तथ्यांकको आधारमा खोलिने
[ प्रधानमन्त्री बोरिस जोन्सन, बेलायत ]
च्यानल लण्डन,
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले लक्डाउनलाई चरणवद्ध रूपमा सहज बनाउने योजनाको घोषणा गरेका छन् । लक्डाउन सहजीकरणको लागि चारवटा चरणहरू यस प्रकार छन्;-
१) मार्च ८ तारिकबाट इंग्ल्याण्डकाे सबै स्कूलहरू खोलिने छन् । प्रत्येक दुई हप्तामा सेकेन्डरी स्कुलका विद्यार्थीहरूको कोरोना परीक्षण गरिनेछ । उक्त मितिबाट एक जना, अर्को व्यक्तिको साथ आउटडोर मिक्स हुन सक्नेछन्।
मार्च २९ बाट, ६जना सम्म घर बाहिर भेटघाट अर्थात् दोश्रो परिवारका सदस्यहरु बीच ६जना भेटघाट गर्न सक्ने छन् । सरकारले अत्ति आवस्यक बाहेक अन्य अबस्थामा घर भित्र बस्नको लागि लगाएको नियम खुल्ला गरिनेछ ।
२ ) अप्रिल १२ बाट सामाजिक दुरी माथिको प्रतिबन्धमा थप लचकता अपनाइने छ । rule of six ( ६ जनासम्म ) को नियम पालना गर्दै अधिकांस व्यवसायहरु संचालनमा ल्याइने भएको छ ।
३) मे १७ तारिकबाट अहिले कायम रहेको अधिकांस लक्डाउनको नियममा सहजीकरण गर्ने तथा rule of six को नियम पालना गर्दै, दुई परिवारका सदस्यहरू घर भित्र भेटघाट गर्न सक्ने छन् ।
४) जुन २१ बाट बाँकी रहेका सबै खाले सामाजिक दूरी तथा प्रतिबन्ध खुल्ला गरिने योजना रहेको छ । ठूला इभेन्टस माथिको प्रतिबन्ध खुल्ला गरिने छन् । मास्क लगाउनु पर्ने वा नपर्ने पुनरावलोकन गरिनेछ ।
तर यी सबै नियमहरू मितिको आधारमा नभई, तथ्यांकको आधारमा पुनरावलोकन हुन सक्नेछन् ।
विगत केही दिन देखि वेलायतमा कोरोना भाईरसको प्रभाव कम हुँदै गएपछी, सरकारले लक्डाउन सहजीकरणको तालिका प्रकाशीत गरेको हो ।
हालैको तथ्यांक अनुसार कोरोना भाईरस विरुद्दको पहिलाे खोप ७० प्रतिशत भन्दा बढी प्रभावकारी रहेको छ ।
त्यस्तै गरी तथ्यांक अनुसार दोस्रो खोप ९० प्रतिशत भन्दा बढि प्रभावकारी हुने देखिएकाे छ ।
हाल सम्म १ करोड ८० लाख भन्दा बढि व्यक्तिलाई कोरोना विरुद्दको खोप लगाई सकिएको छ । यो संख्या बेलायतमा रहेका ३४ प्रतिशत वयस्क नागरिक हुन् जान्छ ।
जुलाईको अन्तिम सम्ममा सबै वयस्क नागरिकलाई कोरोना विरुद्दको खोप लगाई सकिने बेलायत सरकारको लक्ष्य रहेको छ ।