बेलायतमा"भ्याक्सिन पासपोर्ट एप"प्रयोगमा ल्याउने, मे१७ तारिक सम्म विदेश घुम्नजान अनुमति नदिईने
च्यानल लण्डन,
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आफ्ना नागरिकलाई अत्ति आवस्यक वा जरुरी वाहेक अन्य अबस्थामा मे महीनाको १७ तारिक सम्म विदेश भ्रमण वा विदेशमा विदा मनाउन जान अनुमति नदिईने जनाएका छन । घरेलु भ्रमणमा अप्रिल १२ सम्म प्रतिबन्ध कायमै रहनेछ ।
बेलायत सरकारले हप्ता भित्र “भ्याक्सिन पासपोर्ट एप” प्रयोगमा ल्याउने भएको छ । जस्मा होल्डरले दुबै पटक कोरोना बिरुद्धको खोप प्राप्त गरेको देखाउनेछ ।
सम्बन्धित व्यक्तिले खोप लगाए पछि “डिजिटल भ्याक्सिन पासपोर्ट एप” मा डाउनलोड गरिएको तस्वीर/फोटोलाई व्यक्तिको परिचयको आधार मानिने छ ।
उक्त व्यक्तिले Covid19 बिरुद्धको खोप लगाएको तथा कोरोना सम्बन्धि रिपोर्ट समावेस गरिएको हुनेछ । भ्याक्सिन पासपोर्टमा उक्त व्यक्तिको बारेमा अन्य जानकारी समावेस गरिने छैन ।
विभिन्न हवाई सेवा तथा देशहरुले मान्यता दिन सुरु गरेको यस प्रकारको पासपोर्टले विदेश भ्रमण वा विदेशमा छुट्टीमा जानको लागि सहज बनाउने विश्वास गरिएकोछ ।
बेलायतमा अहिले सम्म १ करोड ८० लाख भन्दा बढी ब्यक्तिले कोरोना भाईरस विरुद्दको खोप लगाई सकेका छन्।
बेलायतमा चार चरण गरी जुन २१ बाट सबै खाले लक्डाउन हटाउने योजना रहेकोछ ।