वीर गणेशमान सिंह बक्सिङ प्रतियोगिता तथा पूर्व उपप्रधानमन्त्रीबाट शुभकामना संदेश (भीडियो)
पूर्व उपप्रधानमंत्री प्रकाशमान सिंह तथा विभिन्न व्यक्तिबाट प्राप्त शुभकामना संदेश साथै थप जानकारी : एभरेष्ट गौतम बाट [ भिडीयो ]
एभरेष्ट गौतम, च्यानल लण्डन,
काठमाण्डौ जिल्ला, नागार्जुन नगरपालिका, नागार्जुन बक्सिङ खेलकुद समितिद्वारा वीर गणेशमान सिंह बाग्मती प्रदेश स्तरीय बक्सिङ प्रतियोगिता, फाल्गुण १९ देखि २२ गते सम्म आयोजना गर्ने भएकोछ । चार दिन सञ्चालन हुने उक्त प्रतियोगिताका लागि ३० लाख रुपैया बजेट लाग्ने अनुमान गरिएको छ।

प्रतियोगितालाई सफल बनाउन एक सय एक सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ। प्रतियोगिता सफलताकाे लागि वीर गणेशमान सिंह प्रतिष्ठानका अध्यक्ष तथा पूर्व उपप्रधानमंत्री प्रकाशमान सिंह तथा विभिन्न व्यक्तिबाट शुभकामना संदेश प्राप्त भएको छ।

प्रतियोगितामा बाग्मती प्रदेशका १३ वटै जिल्लाका बक्सिङ्ग खेलाडीहरु, महिला तर्फ ६ समूह तथा पुरुष तर्फ ८ समूह बीच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक तथा रास्टिय खेलकुद परिसद, नेपाल बक्सिङ्ग संघ रास्ट्रिय बक्सिङ्ग प्रशिक्षक किशोर खत्रीले जनाएको छ।

उक्त प्रतियोगितामा उत्कृष्ट पुरुष खेलाडीलाई मोटर साइकल तथा उत्कृष्ट महिला बक्सरलाई स्कुटर प्रदान गरिनेछ ।प्रतियोगिताका हरेक तौल समूहका विजेता खेलाडीले नगद १० हजार रुपैयाँ, दोस्रो हुनेलाई सात हजार तथा तेस्रो स्थान हासिल गर्ने दुई खेलाडीलाई जनही चार हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ ।

प्रतियोगिताको दौरानमा १३औं दक्षिण एसियाली खेलकुदमा बक्सिङ खेलका पदक विजेता खेलाडीलाई सम्मान गरिने कार्यक्रम समेत रहेकोछ ।
