लण्डनमा लक्डाउन उल्लंघन गरी पार्टी गरेवापत ६५ हजार पाउण्ड जरीवाना, उमेरको आधारमा कोरोनाको खोप
च्यानल लण्डन,
सेन्ट्रल लन्डनको मेफियरमा कोविडको नियम उल्लंघन गरी राति दुईवटा छुट्टाछुट्टै गैरकानूनी रुपमा पार्टी आयोजना गरेवापत ठूलो रकम जरिवाना गरिएको छ । सुराकीको आधारमा प्रहरीले अनुसन्धान गर्दा पार्टीमा सहभागीलाई ८०० पाउण्डका दरले तथा आयोजकलाई १०हजार पाउण्ड जरीवाना गर्ने निणर्य गरेको छ । सरकारले जारी गरेको कडा नियमको उल्लंघन गरेको पाइएकाले ६५हजार पाउण्ड ( सालाखाला १करोड रुपैयाँ ) भन्दा बढी जरिवाना गरिने भएकोछ । बेलायत सरकारले चार चरणमा गरी जुन २१ तारिकमा सबै खाले लक्डाउन खोल्ने योजना रहेकोछ ।
बेलायतमा हालैका दिनमा कोरोना भाईरसको प्रभाव कम हुँदै गएकोछ भने सरकारले खोप तीब्र रुपमा दिन सुरु गरेकोछ। बेलायती स्वास्थ्य मन्त्री म्याट ह्यानकक का अनुसार अहिले सम्म बेलायतमा २ करोड भन्दा बढी व्यक्तिलाई कोरोना भाईरस विरुद्दको पहिलाे खोप लगाई सकिएको जनाएका छन् । पहिलो चरणमा हेल्थ/केयर वर्कर, उमेर तथा प्रार्थमिकताको आधारमा खाेप लगाइँदै आएकोछ । दोस्रो चरणमा पनि क्रमश ४०-४९, ३०-३९ वर्ष उमेरको आधारमा खोप दिइने भएकोछ ।
प्रतिदिन सरदर ५ लाख ब्यक्तिलाई कोरोना विरुद्दको खोप दिन थालिएको छ । सरकारले आफ्नो लक्ष्य अनुसार खोप दिने कार्य पूरा गर्दै आएकोछ।