वेलायतमा ५बर्ष पछि १प्रतिशत नगद कारोवार हुने, कागजी मुद्राको लोप तथा डिजीटल करेन्सी निष्कासनको तयारी
एभरेष्ट गौतम, च्यानल लण्डन,
वेलायतमा आगामी ५बर्ष अर्थात सन् २०२६ बाट नगदी अर्थात नोटको कारोवार जम्मा १ प्रतिशत भन्दा कम रहन सक्ने अनुमान गरिएको छ ।
बेलायतको केन्द्रिय बैंक, बैंक अफ इङल्याण्डले दुई देखि तीन वर्ष भित्र “e-pounds” अर्थात डिजीटल करेन्सी प्रयोगमा ल्याउन सक्ने चर्चा वढ्दै गएकोछ । विश्वमा बिट-कवाइन् जस्ता डिजीटल करेन्सी चलनचल्तीमा आएको तथा माग र प्रयोग वढ्दै गएकाले परिवर्तीत समय अनुसार प्रबिधिको विकास सँगै यस प्रकारको डिजीटल करेन्सी आधुनिक समयमा लोकप्रिय हुने विश्वास समेत गरिएको छ ।

लन्डनको सिटिमा बैंकिङ क्षेत्रमा लामो अनुभव भएका र हाल त्यहीँ फाइनान्सियल क्राइम कन्सल्टेन्ट रहनु भएका अर्थविद् भोज राज का अनुसार बेलायत जस्तो विकशित देशमा डिजिटल करेन्सी प्रयोगमा ल्याउन सुरक्षीत देखिएमा यस्को प्रयोग हुन सक्ने र केहि वर्षमा नै प्राय विकसित देशले यस्तै बाटो अपनाउन सक्ने देखिन्छ तर यति नै बेला भनेर समय तोक्न भने त्यति सहज नरहेको बताउँछन्।

त्यस्तै गरी अर्का अर्थविद् विकल चन्द्र आचार्यका अनुसार बेलायतमा नगदको कारोबार कम हुदै गएको शीलशिलामा बैंक अफ इंगल्याण्डले आगामी दुई बर्ष भित्रमा डिजिटल इ पाउण्ड निकाल्ने तयारी गरेको छ । केन्द्रीय बैंक डिजिटल मुद्राले नगद कारोबार गर्न सकिने छ । यो बिटक्याईन तथा अरु क्रिप्टोकरेंसी जस्तो होइन । इ पाउण्डको कारणले नगद एटीएम मिशीनहरू बिस्थापित हुने छ । रोबोट तथा अन्य प्रबिधिको द्रुत बिकाससँगै बैंक अफ इंगल्याण्डको इ पाउण्ड प्रति बहुमत बेलायतीको सकारात्मक धारणा रहेको छ । समयको माग अनुरूप अरु डिजिटल मुद्रामा बैंक अफ इंगल्याण्डले अरु धेरै बिस्तार भबीश्यमा गर्ने आँकलन गरिएको छ ।
प्रबिधिको बिकाश सँगै लामो समय देखि प्रचलनमा आएको कागजी मुद्रा विस्तार लोप हुँदै जाने संकेत देखापरेको छ । बाँकी सबै कारोवार अनलाईन बैंकिङ, कार्ड पेमेन्ट तथा इलेक्ट्रोनिक माध्यमको प्रयोगबाट हुने लक्ष्यण देखिएको छ ।

सन् २०२० को जनवरीमा वेलायतमा करिव १ सय ८५ मिलियन पटक एटिएम (क्यास मेसिन) बाट पैसाको कारोवार भएकोमा सन् २०२१ जनवरी सम्म आइपुग्दा कारोबार घटेर ९८ मिलियन पटक भएको तथ्यांकले देखाएको छ ।
बेलायतमा सन् २०१९ मा एटिएमबाट करिब १सय १६ विलियम पाउण्ड बरावरको कारोवार भएकोमा सन् २०२० मा करिब ८१ विलियम पाउण्ड मात्र कारोवार भएको देखिन्छ ।
बेलायतको समाजले नगदी अर्थात क्यास कारोवारलाई छोडेर विस्तार अनलाइन पेमेन्ट अर्थात् कार्ड पेमेन्ट प्रविधीको प्रयोग गर्दै जाने संकेत देखिएकोछ ।
केही बर्ष यता देखि नेपालमा पनि अनलाइन बैङ्किङ, क्रेडिट- डेबिट कार्डबाट सपिङ्ग तथा कार्ड पेमेन्ट प्रबिधिको प्रयाेग बढदै गएको देखिन्छ ।