बेलायतमा क्याप्टेन सर टम मूर को सम्मानमा ताली बजाउन बेलायती प्रधानमन्त्री बोरिस जोहन्सनको आव्हान
ताली बजाउने समय;- आज बेलुकी साँझ ६ बजे (लन्डनको समय अनुसार )
लन्डन, क्याप्टेन सर टम मूर को १०० वर्षको उमेरमा कोरोनाका कारण निधन भएको खबरले सारा बेलायत निवासी मात्र नभई विश्वले एउटा उदाहरणीय योद्धा गुमाएको महसुस गरेका छन् ।
कोरोना महामारीका बेला स्वास्थ्य कर्मी/ सेवाको लागि आफ्नै घरको गार्डेनमा १०० ल्याप्स हिँडेर एक हजार पाउण्ड संकलन गर्न सुरु गर्नु भएको सहयाेग अभियानमा स्वास्थ्य कर्मी/ सेवाको लागि करिब ३ करोड ३० लाख पाउण्ड चन्दा संकलन गर्न सफल हुनुभएको थियो ।
उनको हिजो भएको निधन पश्चात महारानी एलिजाबेथ द्वितीयबाट शोक व्यक्त गर्दै संवेदना म्यासेज पठाउनु भएको छ ।
त्यस्तै गरी बेलायती प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ्ग स्ट्रिटमा रहेको झण्डा आधा झुकाइएको थियो ।
स्वास्थ्य मन्त्री म्याट ह्यानककले सर टम मुरलाई राष्ट्रिय हिरोको संज्ञा दिएका छन् ।
सर टम मूरलाई गत बर्ष बेलायती महारानीबाट विशिष्ट सम्मान प्रदान गरिएको थियो ।
उनले सबै भन्दा बढी उमेरमा तथा विश्वमै सबै भन्दा बढी रकम एकलैले चन्दा संकलन गरे वापत गिनिज बुक वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल हुनु भएको थियो ।
दोस्रो विश्व युद्दमा बर्माको युद्दमा सहभागी सर टम मुरलाई गत वर्ष कर्नेलद्वारा सम्मान गरिएको थियो ।
आज बेलुका साँझ ६ बजे ( फेब्रुवरी ३, लन्डनको समय ) बेलायतमा क्याप्टेन सर टम मूरको सम्मानमा ताली बजाउने कार्यक्रम् रहेको छ ।