क्यानेडियन व्लड सर्भिसको सहयोग तथा क्यानाडामा रहेका नेपाली समुदायको आव्हानमा ब्यापक रक्तदान गर्ने तयारी
च्यानल लण्डन
क्यानेडियन व्लड सर्भिसको सहयाेग तथा एन आर एन ए क्यानडा, बाग्लुङ सेवा समाज, नेप्लीज ब्लड डोनर्स एसोसिएसन क्यानडाको संयुक्त आयोजनामा अप्रिल १० र १२ अर्थात नेपाली नयाँ बर्षको उपलक्ष्यमा ब्यापक रक्तदान गर्ने तयारी हुँदैछ ।
रक्तदान गरी क्यानेडियन नेपाली समुदायलाई गौरवान्वित तुल्याउन तथा रक्तदानमा सहभागी हुन सम्पुर्ण गैरआवासीय नेपालीहरु, संघ संस्थाका प्रतिनिधिहरु, स्वयं सेवक तथा रक्तदाताहरूहरुलाई आव्हान गरिएकाे जानकारी नेप्लिज ब्लड डोनर्स क्यानाडाका महासचिव लीलानाथ पाण्डेले जनाउनु भएको छ ।
क्यानेडियन व्लड सर्भिसले गत अक्टोबरमा स्थापित संस्था नेप्लिज ब्लड डोनर्स एसोसिएसन ( एनविडीए ) क्यानडालाई नेसनल पार्टनर्स चयन गरेको छ । क्यानेडियन ब्लड डोनर्स एसोसिएसनको पहलमा क्यानडामा रहेका नेपाली समुदायको लागी क्यानेडियन ब्लड सर्भिसले एउटा पार्टनर फर लाईफ ( पिएफएल ) नम्वर प्रदान गरेको छ । जुन यस प्रकार ;-(NEPA0092756) छ ।
क्यानडाको जुनसुकै सिटीमा बस्ने नेपालीहरुले रक्तदान गर्दा यो नम्वर प्रयोग गरेर रक्तदान गर्न सक्नु हुनेछ । यसो गरेमा सम्पुर्ण क्यानडामा बसोबास गर्ने नेपालीहरुले गरेको रक्तदान पिएफएल नम्वरमा रेकर्ड हुन जान्छ र रक्तदानको क्रेडिट नेपाली समुदायले पाउने छन । जसका कारण नेपाली समुदायले क्यानेडियन समुदायका लागी गरेको मानविय कार्यको गतिलो उदाहरण प्रस्तुत गर्न सकिने संस्थाले जनाएको छ ।
पिएफएल नम्वरमा लगइन गर्नको लागी लिंक यस प्रकार छ ।
:https://myaccount.blood.ca/en/profile/groups?joinPflId=NEPA0092756
नेपाली समुदायबाट रक्तदानको क्षेत्रमा उल्लेखनिय योगदान पुऱ्याउने व्याक्तित्वलाई एनविडिएको सिफारिसमा सिविएसले अवार्ड प्रदान गर्न सक्नेछ ।
अन्तमा सम्पुर्ण क्यानडाबासी नेपाली रक्तदाताहरुले व्यक्तिगत तथा सामुहिक रक्तदान गर्नु परेमा माथीको लिंक प्रयोग गरि रजिष्टर गर्न एनविडिए क्यानडा अध्यक्ष सुरेश राज गाैतम, एनआरएनए क्यानडा अध्यक्ष चिरन घिमिरे तथा बाग्लुङ सेवा समाज क्यानडाका अध्यक्ष भवि न्यौपानेले हार्दिक अनुरोध गर्नु भएको छ ।