बेलायतमा हुँदै गरेको जनगणना कार्यक्रममा सहभागी हुन इंग्ल्याण्ड राज्य परिषदद्वारा आव्हान
बेलायतमा रहेका नेपाली समुदायलाई जनगणनामा सहभागी बनाउन अभीयान सुरु गरिने भएकोछ । इङ्ल्यान्ड , वेल्स, नदर्न आयरल्याण्डमा मार्च २१ तारिखका दिन हुन गइरहेको जनगणनामा नेपाली समुदायको बढी भन्दा बढि सहभागीता तथा प्रभावकारी कसरी बनाउन सकिन्छ भनी विभीन्न संघसंस्था र त्यसका प्रतिनिधिहरु विच छलफल सुरु गरिएको छ । बेलायतमा रहेका नेपाली समुदायका अगुवाहरू तथा वेलायतको राष्ट्रिय तथ्यांक कार्यालयमा कार्यरत प्रतिनिधि/सल्लाहकारहरु विच जानकारी, प्रश्नोत्तर तथा नेपाली समुदायमा प्रभावकारी बनाउन जनगणना अभीयान सुरु गरिने जनाईएकोछ ।

फेब्रुवरी ७ मा एनआरएनए इंग्ल्याण्ड राज्य परिषदद्वारा आयोजीत भर्चुवल कार्यक्रममा बेलायतमा रहेका बिभिन्न संघ संस्था र त्यसका प्रतिनिधिहरुको सहभागिता र चासोले जनगणना अभियानलाई थप टेवा पुग्ने विश्वास गरिएको छ।
उक्त कार्यक्रममा प्रमुख अतिथि गैर आवासीय नेपाली संघ युके कि अध्यक्ष पुनम गुरुङ्ग रहेको उक्त कार्यक्रमको सभापतित्व इंग्ल्याण्ड राज्य परिषद अध्यक्ष दीपक श्रेष्ठ तथा सञ्चालन परिषद्का सचिव गोविन्द खरेलले गरेका थिए ।
भर्चुअल कार्यक्रममा सहभागी सामाजिक अभियन्ताहरुको एक झलक..
तस्वीर, जीत रानाभाट, सचिव एनआरएनए युके







