बेलायतती प्रधानमन्त्री बोरिस जोनसनले अप्रिल २१ र २२ दुई दिन भारत भ्रमण गर्ने
सुरेन रुपाखेती, लण्डन, बेलायतती प्रधानमन्त्री बोरिस जोनसनले भारतको दुई दिने भ्रमण गर्ने भएका छन ।
बैशाख ८ र ९ गते भारत भ्रमणको क्रममा दुई देश बीचको ब्यापार, प्रबिधि, सुरक्षा, सम्बन्ध सुदृढ तथा प्रमुख उद्योगहरूमा लगानीको घोषणा गर्ने विषयमा केन्द्रित हुनेछ्न।
त्यस्तै गरि बेलायती प्रधानमन्त्री बोरिश जोन्सन तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदि बीच रुस-युक्रेन युद्ध तथा हालैका दिनमा भारतले संयुक्त रास्ट्र संघमा खेलेको तठस्ट भुमिका बैठकमा अर्को प्रमुख एजेन्डा रहने बिश्वास गरिएको छ ।
बेलायती प्रधानमन्त्रीको भारत भ्रमणको पहिलो दिन बिहीबार अप्रिल २१मा गुजरात जाने कार्यक्रम रहेको छ । त्यहाका प्रमुख व्यवसायीहरूसँग बेलायत र भारतमा फस्टाउँदै गएको नयाँ बिज्ञान तथा प्रबिधि परियोजना, व्यापार तथा सम्बन्धका बारेमा छलफल गरिने भएको छ।
बेलायतमा लगभग १६ लाख बृटिश-ईन्डियन रहेकोमा भारतको ५औं ठुलो गुजरात राज्यबाट मात्र आधा अर्थात लगभग ८लाख छन । गुजरातिहरुको ठुलो बस्ती बेलायतमा भएकाले बेलायती प्रधानमन्त्रीको गुजरात भ्रमण यो पाचौं पटक हुनेछ ।
प्रधानमन्त्री बोरिस जोनसनले गत महिना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गरी आगामी दिनमा दुई देशबीच सुरक्षा तथा व्यापार सम्बन्ध निर्माण गर्न सहमत भएका थिए । भारतीय कम्पनीहरूको लगानीले बेलायतमा लाखौं ब्यक्तिहरुलाई रोजगारी दिलाएका छन ।
भविष्यमा हुने स्वतन्त्र व्यापार सम्झौताले अझै बढावा दिने अपेक्षा समेत गरिएको छ।
बेलायत तथा भारत बीच संयुक्त वक्तव्य मार्फत दुबै रास्ट्रले एकजुट हुन जोड दिने अपेक्षा समेत गरिएको छ।
बेलायती प्रधानमन्त्री बोरिस जोह्न्सन, प्रधानमन्त्री भए पछिको पहिलो तथा लामो समय देखि अपेक्षित भारत भ्रमण हो।
गत बर्ष भारतको गणतन्त्र दिवस समारोहमा प्रमुख अतिथिको रूपमा आमन्त्रित भएता पनि कोरोना महामारीका कारण यस अघिको भारत भ्रमण रद्ध भएको थियो।
हालैका बर्षहरुमा बेलायतका प्राय सबै जसो बहालवाला प्रधानमन्त्रीबाट छिमेकी मुलुक भारतको भ्रमण हुने गरेको छ। तर कुनै पनि बहालवाला बेलायती प्रधानमन्त्रीबाट नेपालको भ्रमण भएको छैन।
नेपाल र बेलायत बीच दौत्य सम्बन्ध स्थापना भएको २सय बर्षमा, अहिले सम्म एक पटक पनि नेपालको भ्रमण नहुनुको पछाडी, कुटनैतिक पहुँच नपुगेको देखिन्छ ।
नेपालको दिगो बिकाशका लागि, बिश्वका विभिन्न देश संग ब्यापार, पर्यटन, लगानी तथा परराष्ट्र सम्बन्धमा सुधार हुन जरुरत देखिएको छ ।