बेलायतमा हुन लागेको जनगणनामा सहभागी हुन, साझाले गर्यो जनचेतना कार्यक्रम
च्यानल लण्डन,
साझा नेपाली समाज यू.के द्वारा मिडल्याण्डमा रहेका संघसंस्था, सामाजिक अभियन्ता एवं महानुभावहरु बीच फेबु्रवरी २८ मा जनगणना सम्बन्धी जनचेतनामूलक कार्यक्रम¬सेन्सस २०२१ सम्पन्न गरेकोछ । बेलायतमा प्रत्येक १० वर्षमा हुने जनगणना यस वर्ष मार्च २१ मा हुने भएकोछ । ईथीनिक माईनोरिटीमा “नेपाली“ पहिचानको लागि सबै नेपाली समावेश हुन सकून् भन्ने उद्देश्यका साथ जनचेतनाका लागि मिडल्याण्डका नेपालीहरु लागि परेकाछन् । इथिनिक समावेशिबाट उक्त क्षेत्रमा शिक्षा, स्वास्थ्य, यातायात जस्ता अत्ति आवश्यकीय सेवाको सुधार तथा थप सेवाको लागि महत्वूर्ण सहायोग पुग्ने गर्दछ।
जनचेतना कार्यक्रममा प्रमूख अतिथिको रुपमा एनआरएन युके कि अध्यक्ष श्रीमती पुनम गुरुङ्गले मिडल्याण्डवासीको साथ र सहयोग महत्त्वपूर्ण रहने जनाउँदै ईंग्ल्याण्ड राज्यसमितिको जनगणना अभियानले सार्थकता पाउने विश्वास व्यक्त गरेकी थिइन् । एनआरनए यूके महासचिव फडिन्द्र भट्टराईले कार्यक्रम सफलताको लागि शुभकामना व्यक्त गरेका थिए । त्यस्तै गरी एनआरएन युके उपाध्यक्ष रोजिना प्रधान राईले साझाको यस कार्यक्रमले मिडल्याण्डवासी नेपाली सबै समेटिने विश्वास व्यक्त गरिन् । विशेष अतिथिको आसनबाट बोल्दै ईंग्ल्याण्ड राज्यसमितिका अध्यक्ष दीपक श्रेष्ठले जनगणनामा गैर आवासिय नेपाली संघ यू.के. ईंग्ल्यान्ड राज्य समन्वय परिषद्को “Census 2021” अभियानलाई मिडल्यान्डवासिको साथले सफलता मिल्ने विश्वास व्यक्त गरेका थिए।
जनगणना सम्बन्धी विस्तृत जानकारी तथा सहभागिहरुको जिज्ञासाको जवाफ एवं ईथिनिक ग्रुपमा नेपाली पहिचानको महत्वबारे सिएनएस फाउण्डर डा. कृष्ण अधिकारी तथा ओएनएस प्रतिनिधि समिर गुरुङले प्रकाश पारेका थिए ।
विभीन्न सामाजिक संघसंस्था संग आवद्ध ५० भन्दा बढी मिडल्याण्ड्का पदाधिकारी, सामाजिक अभियन्ता एवं समाजसेवीहरुको प्रतिनिधित्व रहेको उक्त कार्यक्रममा एनआरएनए अन्तराष्ट्रिय सदस्य दयानिधि सापकोटा, रण ब. के.सि., समाजसेवीहरु राजु कँडेल, केशव भण्डारी, तारानाथ भण्डारी, पशुपति पोखरेल, पवन शर्मा, रुद्र खरेल, बलराम चापागाई, दिपक सापकोटा, गोमा पौडेल, भीम सारु, कोश्लेश्वर ढकाल, लक्ष्मण गौतम, दिलाराम गौतम, बिष्णु चालिसे, रविन्द्र शर्मा, प्रविण खरेल, कृष्ण खरेल, सशांक शर्मा, रामप्रसाद न्यौपाने लगायतका बक्ताले सूचना मूलक कार्यक्रम आयोजना गरेकोमा साझासंस्था प्रति हार्दीक धन्यवाद व्यक्त गरेका थिए।
उक्त जनगणना सम्बन्धी जनचेतनामूलक कार्यक्रममा साझाका उपाध्यक्ष नारायण फूयालद्वारा स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको थालनी महासचिव मिलन सापकोटाबाट भएको थियो । करिब तीन घण्टा संचालन भएको उक्त कार्यक्रमको संचालन सल्लाहकार गोविन्द खरेलले गरेका थिए । सभापति तथा साझाका अध्यक्ष महेश अधिकारीले सहभागी तथा सहयोगी सवैमा हार्दिक धन्यबाद ब्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए ।