युरोपेली मुलुकमा “ग्रीन सर्टिफिकेट” तथा बेलायतमा "भ्याक्सिन पासपोर्ट”को तयारी
[ Ursula von der Leyen, President of the European Commission ]
च्यानल लण्डन,–
युरोपेली आयोगले पर्यटन-निर्भर देशहरूमा कोरोना महामारीबाट ठूलो क्षति पुर्याएको भन्दै युरोपीयन यूनियनका मुलुकहरूमा यात्रा गर्न अनुमति दिन कोविड-१९, “ग्रीन सर्टिफिकेट” बनाउनको लागि आह्वान गर्ने संकेत देखा परेकोछ । यदी यो प्रमाणपत्र लागु भएमा जस्ले कोरोना विरूद्धको खाेप लगाएका छन्, ती नागरिकहरुलाई अन्य सदस्य राष्ट्रहरुमा यात्रा गर्न र आवागमनमा क्वारन्टाइन बस्न बाध्य नहुने जनाइएको छ । उक्त ग्रीन प्रमाणपत्र, कोविड -१९ नेगेटिभ परिक्षण वा कोरोना भाईरसबाट पूर्ण रुपमा निको भएका नागरिकहरूलाई मात्र दिइनेछ।
त्यस्तै गरी बेलायत सरकारले पनि चाडैनै डिजीटल “भ्याक्सिन पासपोर्ट एप” प्रयोगमा ल्याउने तयारी गरिरहेको जनाइएको छ । जस्मा होल्डरले दुबै पटक कोरोना बिरुद्धको खोप प्राप्त गरेको देखाउनेछ । सम्बन्धित व्यक्तिले खोप लगाए पछि “डिजिटल भ्याक्सिन पासपोर्ट एप” मा डाउनलोड गरिएको तस्वीर/फोटोलाई व्यक्तिको परिचयको आधार मानिने छ । उक्त व्यक्तिले Covid19 बिरुद्धको खोप लगाएको तथा कोरोना सम्बन्धि रिपोर्ट समावेस गरिएको हुनेछ । भ्याक्सिन पासपोर्टमा उक्त व्यक्तिको बारेमा अन्य जानकारी समावेस गरिने छैन ।
विभिन्न हवाई सेवा तथा देशहरुले मान्यता दिन सुरु गरेको यस प्रकारको पासपोर्टले विदेश भ्रमण वा विदेशमा छुट्टीमा जानको लागि सहज बनाउने विश्वास गरिएकोछ ।
बेलायत सरकारले अत्ति आवस्यक बाहेक अरु अबस्थामा विदेश यात्रा नगर्न आव्हान गर्दै में महिनाको १७ तारिक सम्म रोक लगाएको छ।
बेलायतमा अहिले सम्म २ करोड ५० लाख भन्दा बढी ब्यक्तिले कोरोना भाईरस विरुद्दको खोप लगाईसकेका छन्। प्रार्थमिकताको आधारमा पहिलो चरणमा ५० बर्ष भन्दा माथिका तथा स्वास्थ्य अवस्था कम्जोर रहेकाहरुलाई खाेप दिन सुरु गरिएकोमा, जुलाई सम्ममा पहिलाे चारणको खाेप लगाइसक्ने लक्ष्य रहेकोछ।
बेलायतमा चार चरण गरी जुन २१ बाट सबै खाले लक्डाउन हटाउने योजना रहेकोछ ।