आर.के. त्रिपाठी (बेलायत) नेपाली काँग्रेसको अन्तराष्ट्रिय सम्बन्ध तथा विदेश नीति बिज्ञमा मनोनित
च्यानल लण्डन,
आर.के. (राजकुमार) त्रिपाठी नेपाली काँग्रेसको अन्तराष्ट्रिय सम्बन्ध तथा बिदेश नीति बिज्ञमा आईतवार मनोनित भएका छन् ।
विदेशमा बसोबास गरेका नेपाली कांग्रेसका कार्यकर्ताहरुबाट विगतमा पार्टीलाई पुराएको योगदान, ज्ञान् तथा अनुभवको आधारमा पहिलो पल्ट नेपाली काँग्रेसको वैदेशिक विभागले अन्तराष्ट्रिय सम्बन्ध तथा बिदेश निति सम्बन्धि बिज्ञको रुपमा वेलायतबाट आर. के. त्रिपाठीलाई न्युक्त गरेको हो।
बौद्धिक व्यक्तित्वको रूपमा परिचित आर.के. त्रिपाठी एनआरएनए यूकेका पूर्व महासचिव तथा जनसम्पर्क समिति बेलायतका पूर्व महामन्त्री समेत रहेका थिए।
बेलायत स्थित नेपाली समुदाय तथा विभिन्न संघसंस्थामा आबद्ध आर. के. त्रिपाठी समसामयिक तथा राजनैतीक बिश्लेषण गर्न उत्तिकै रुचि राख्दै आएका छन ।
पेशाले सिनियर इन्जीनियर तथा बौद्दिक ब्यक्तित्व भएकै कारण केही दिन अगाडि नेपाली कांग्रेसको निर्माण विभाग सदस्यमा नियुक्त भएका थिए ।