वेलायतमा जनगणनाबारे जानकारी दिन, साउथ ईस्ट तमुधी लन्डनद्धारा आईतवार अन्तर्क्रिया
च्यानल लण्डन,
बेलायतमा हुन लागेको राष्ट्रिय जनगणनामा नेपाली समुदायको सहभागिता बढाउने उद्देश्यले बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने भएको छ ।
इङ्ल्यान्ड , वेल्स र नदर्न आयरल्याण्डमा मार्च २१ तारिखका दिन हुन गइरहेको जनगणनामा नेपाली समुदायको बढी भन्दा बढि सहभागीता तथा प्रभावकारी बनाउन साउथ ईस्ट तमुधी लन्डनले पहल गर्ने भएको छ ।
जनगणनाले समुदायको पहिचान,भाषा, धर्म लगायत आबश्यक सूचना एबं तथ्यांक समाबेस गराउनुका साथै समुदायको तस्वीर निर्माण गर्दछ । उक्त तथ्याङ्कको आधारमा स्थानीय क्षेत्रमा:- शिक्षा, यातायात, स्वास्थ्य लगाएतका सेवाहरु उपलब्ध गराउन थप मद्दत गर्दछ।
साउथ ईस्ट तमुधी लन्डनका निवर्तवान अध्यक्ष तथा संयोजक श्रीचन्द्र गुरुङले अन्तरक्रियामा बेलायत स्थित अधिकांश नेपाली संघसंस्थाका प्रतिनिधिलाई आमन्त्रण गरिएको जानकारी दिएका छन । वेलायतको समय अनुसार आइतबार बेलुकी ६ बजेका लागि तय गरिएको ‘भर्चुअल’ अन्तरक्रिया कार्यक्रममा सहभागी हुन परिषदले बेलायतवासी अधिकांश व्यक्ति, सामाजीक ब्यक्तित्व तथा संघसंस्थाका प्रतिनिधिहरुलाई आव्हान गरेको छ ।
उक्त अवसरमा ‘अफिस फर नेशनल स्टाटिस्टिक्स’ (ओएनएस) ग्रीनवीच क्षेत्रका ‘कम्युनिटी एड्भाइजर’ समिर गुरुङले जानकारी मूलक ‘प्रिजेन्टेसन’ तथा आवस्यक सल्लाह दिनेछन् ।
वेलायतमा हुन लागेको जनगणनामा नेपालीहरूकाे सहभागिता बढाउने लक्ष्य सहित ग्रीनविच पूर्व सैनिक गोर्खा संघ तथा इंग्ल्याण्ड राज्य समन्वय परिषद संग समन्वय गरिएको संयोजक तथा निवर्तवान अध्यक्ष श्रीचन्द्र गुरुङले जनाएका छन् । त्यस्तै गरी साउथ ईस्ट तमुधीका अध्यक्ष हिरा गुरुङले अन्तरक्रिया कार्यक्रममा बेलायत स्थित सम्पूर्ण संघ सस्था, समाजसेवी तथा अभियन्ताहरुलाई सहभागी हुन् हार्दिक अपिल गरेका छन्।