अस्ट्रेलियामा घर खरिद गर्न तथा सौलियत ब्याजदरमा ऋण उपलब्ध गराउन "जुनो होम लोन" को सुरूवात
च्यानल लण्डन,–
त्यस्तै गरी अर्का साझेदार चन्द्रशेखर नेपालले व्यवस्थापन विषयमा डिप्लोमा तथा अर्थशास्त्रमा मास्टर गरेका छन् । उनी पूर्व बैंकर हुनुका साथै अष्ट्रेलियाको थुप्रै बैंक तथा वित्तीय संस्थाहरुमा १४ वर्ष काम गरेको अनुभव छ । नेपालले यसभन्दा पहिले एनएबी, म्याक्वेरी बैंक, क्यूबीई एलएमआई र सेन्ट जर्ज बैंकमा लोन स्वीकृत गर्ने अधिकार प्राप्त व्यक्ती (DCA/DLA) को रुपमा समेत काम गरिसकेका छन । उनले ३५ मिलियन डलर प्रति ग्राहक, ग्रुप ऋण संरचना तथा ग्राहकहरूको आवश्यकता बमोजिम अत्यन्तै जटिल प्रकारका ऋणहरूको गहिरो विश्र्लेषण गर्न सक्षम रहेका छन। चन्द्रशेखर संग व्यापारिक लगानी तथा घर कर्जा प्रवाहका साथै घर जग्गा तथा व्यापारिक लगानी, व्यापारीक वेयरहाउस फण्ड, विजनेश ओभरड्राफ्ट, व्यापारिक लोन, सम्पत्ती तथा मेसिनरीमा लगानी , ट्रेड फाइनान्स, इनभ्वाइस फाइनान्सिङ, सिजनल वर्किङ क्यापिटल लोन, कार लोन, फिट -आउट लोन , बैंक ज्ञारेन्टी, डिपोजिट बोण्ड इत्यादी काम गरेको राम्रो अनुभव रहेकोछ ।
संभावित ग्राहकहरूसंग उक्त विषय सम्बन्धी ज्ञान अनुभव साट्न तथा वित्तीय यात्रामा बचत र अत्यधिक मुनाफा हासिल गर्नको लागि सदैब सहयोग गर्न तयार रहेको जनाएका छन।
“जुनो होम लोन” सम्वन्धी सल्लाह तथा छलफलको लागि फोन नं. ०४२५०१०१८० मा सम्पर्क गर्न अनुरोध गरिएको छ।