काभ्रे सोसाईटी युकेद्वारा अनलाइन सदस्यता सुरु, बेलायतमा उदाहरणीय संस्था बन्ने लक्ष्यका साथ कार्य सुरु
मिलन शर्मा, लण्डन—–
नेपालको काभ्रेपलाञ्चोक जिल्ला जन्म भई हाल बेलयातका विभिन्न शहरहरु बसोबास गर्नुहुने सबैलाई एक ठाऊमाँ संगठित गर्दै गत बर्ष स्थापना भएको काभ्रे सोसाईटी युकेद्वारा अनलाइन सदस्यता आवेदन र बारकोड सहितको सदस्यता परिचय पत्र वितरण कार्य सुरु गरेकोछ ।
काभ्रे सोसाइटी युकेले सदस्य वन्न चाहने युके वासी काभ्रेलीहरुले काभ्रे सोसाइटी युकेको वेभसाइटमा गएर सदस्यता आवेदन दिन सक्नेछन । यसरी भरिएको विवरण सम्वन्धित आवेदकलाई अटोमेटेड इमेल सिस्टम मार्फत इमेल भेरिफिकेशनको लागि पठाउनेछ। आवेदकबाट इमेल, ठेगाना भेरीफिकेशन भैसकेपछि उक्त आवेदको सबै बिबरण प्रमाणित भएमा सम्बन्धित आबेदकले संस्थाको ब्यक्तिगत सदस्यता नम्बर सहित संस्थाको प्रमाणपत्र र बारकोड सहितको फोटो आइडि कार्ड इमेल मार्फतनै प्राप्त गर्नेछन। प्रत्येक सदस्ययलाई काभ्रे सोसाइटी युकेको ब्यक्तिगत युजर एकाउण्ट उपलव्ध गराइनेछ । सदस्यले २४सै घण्टा आफुले चाहेको बेला आफ्नो एकाउन्ट लगइन गरेर आफ्नो विवरण अध्यावधि गर्न तथा संस्थाका सम्पुर्ण हिसाव किताव र प्रगति वारे आफुले चाहेको बखत हेर्न सक्नेछन। “हाम्रा सबै काम र हिसाब किताब सुरुबाटै पारदर्शी बनाउन हामी लागि परेकाछौं”, संस्थाका अध्यक्ष: रवीन्द्र शर्मा वताउछन्।
केहि महिना अगाडी शर्माको अध्यक्षमा बनेको पहिलो कार्यसमितिले संस्था स्थापनाको केहि महिनामानै गरेको यो अर्को उदाहरणीय र पारदर्शी काम अन्य संस्थाहरुको लागि पनि प्रेरणा हून सक़्ने तथा सोसाइटीले आफ्नो सामाजिक कर्मलाई उत्साहपूर्ण ढंगले अघि बढाउंदै जाने अपेक्षा सोसाइटीका वरिष्ठ उपाध्यक्ष नारायण फुँयालले गरेका छन्।
काभ्रे सोसाईटी युकेको अफिशियल वेबसाइट: http://ksuk.org/ हो भने सदस्य बन्नको लागि तलको लिंकमा जान अनुरोध गरिएको छ।https://portal.ksuk.org/forms/nvEgdQUI
गत नोभेम्वर ९तारिखका दिन स्थापना भएको सोसाइटीले शुरुका दिनदेखि आफ्नो सक्रियता बढायको महासचिब रूपक पौड्यालको अनुभव छ । गत फेब्रुवरी १४प्रेम दिवसका दिन जूम मार्फ़त भएको कार्यकारी समितिको बैठकले १७जना विद्यार्थीलाई पढाउने निर्णय गरेको थियो । संस्थाले काभ्रेमा अति विपन्न जेहेनदार बालवालिकाको पहिचान गरी छात्रवृत्ति सुरु गर्ने योजना अनुरुप काम सुरु भैसकेको छ।