कोरोना विरूद्धको खाेप लगाएका बेलायती पर्यटकहरुलाई, साईप्रस भ्रमरणको लागि सहज
च्यानल लण्डन,
साईप्रसले बेलायती पर्यटकहरूको लागि लचकता अपनाउने भएको छ।
मे महिनाको १ तारिक देखि कोरोना बिरुद्धको खोप लगाएकाहरुलाई कोरोना भाईरसको नेगेटीभ परीक्षण बिनानै देशमा प्रवेश गर्ने दिने तथा क्वारेन्टाइन बस्न आवश्यक नपर्ने भएकोछ । आवश्यकता अनुसार आगमन कक्षमा चेक जाँच गर्न सकिने त्यहाँका पर्यटन मन्त्रीले घोषणा गरेका छन्।
आगन्तुकहरुले युरोपियन युनियन औषधि एजेन्सीले अनुमोदन गरेको भ्याक्सिन दुवै पटक लगाएको हुनुपर्ने छ । दोश्रो खाेप कम्तिमा सातदिन पहिले लगाएको हुनुपर्नेछ ।
बेलायती पर्यटकहरूको लागि स्पेन, पोर्तुगल तथा ग्रीसले चाडैनै सहजता अपनाउने संकेत दिएका छन्।
युरोपका विभिन्न देश संग भ्याक्सिन लगाएकाहरूलाई आवत जावतमा सहज बनाउन बेलायती स्वास्थ्य मन्त्री म्याट ह्यानककले युरोपियन यूनियन र विश्वका अरु देश संग छलफल गरिरहेको जनाएका छन्।
यता बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले अति आवश्यक बाहेक अरु अबस्थामा मे महिनाको १७ तारिक भन्दा पहिले विदेश भ्रम्रणको लागि अनुमति नदिने जनाएका छन।
बेलायतमा हालैका दिनमा कोरोना भाईरसको प्रभाव कम हुँदै गएकोछ भने सरकारले तीब्र रुपमा खोप दिन सुरु गरेकोछ। अहिले सम्म बेलायतमा २ करोड १०लाख भन्दा बढी व्यक्तिलाई कोरोना भाईरस विरुद्दको पहिलाे खोप लगाई सकिएकोछ ।
बेलायत सरकारले चार चरणमा गरी जुन २१ तारिकबाट सबै खाले लक्डाउन खोल्ने योजना गरेकोछ ।