बेलायत सरकारको अनुमति बिना विदेश जानमा रोक, अनिवार्य रुपमा उपयूक्त कारण देखाउनु पर्ने अन्यथा कार्यवाही
एभरेष्ट गौतम,—
बेलायत सरकारले आफ्ना नागरिकहरु विदेश यात्रा गर्नुपर्ने आवश्यक कारण खुलाउनु पर्ने अनिवार्य नियम लागुगर्ने भएकोछ । मार्च ८ तारीकबाट लागु हुने नयाँ नियम “एक्जिट परमिट” अर्थात बेलायत छोड्नु पर्ने आवस्यक कारण सहित ६० घण्टा पहिले अनुमती लिनु पर्ने कडा नियम ल्याउने भएकोछ। विदेश यात्राको लागि प्रस्थान गर्नु पूर्व यात्रुले “एक्जिट परमिट” को पूर्ण फारम भर्नु पर्नेछ।
अन्तर्राष्ट्रिय यात्रा गर्न पाउने सर्वसाधारणको अधिकार भएता पनि विशेष परिस्थिमा राज्यले विशेष नियमहरू लागु गर्न सक्छ । उपयुक्त पारिवारिक कारण, औषधी उपचार, विशेष काम जस्ता अत्ति आवस्यक बाहेक अरु अबस्थामा सरकारले में महिनाको १७ तारिक सम्म विदेश भ्रमण गर्न प्रतिबन्ध लगाएकोछ।
विमानस्थल वा बन्दरगाह” एयरलाइन्स, ट्रेन अपरेटरहरू र फेरी कम्पनीहरूले यात्रुको विदेश यात्राको आवश्यता तथा वैधानिकता चेक जाँच गर्नेछन्। उपयुक्त कारण तथा “एक्जिट परमिट” बिना विदेश भ्रमणमा जानु अपराधिक गतिबिधि हुन सक्ने जनाईएकोछ ।
यात्रा गर्नुको कारण कुनैपनि बेला कहीं पनि प्रहरीले चेक जाँच गर्न सक्ने छन् । यात्राको उद्देश्य तथा आवश्यकता प्रमाणित गर्न नसके करिब २सय देखि ६हजार पाउण्ड सम्म जरिवाना गर्न सक्नेछन् ।
बेलायतको प्रतिपक्षी लेबर पार्टीले सरकारको उक्त निर्णयको समर्थन गर्ने जनाएकोछ ।
केही दिन अगाडि साईप्रसले कोरोना विरूद्धको खाेप लगाएका बेलायती नागरिकलाई भ्रमणको लागि में १ तारीकबाट प्रवेश दिने घोषणा गरे पछि सरकारले कडा नियम ल्याएको हुन् सक्ने अनुमान गरिएकोछ ।
केही दिनभित्रै स्पेन, पोर्तुगल तथा ग्रीसले पनि बेलायती नागरिकको लागि प्रवेशमा सहजता अपनाउने विश्वास गरिएकोछ।
प्रधानमन्त्री बोरिस जोन्सनले मे महिनाकाे १७ तारिक सम्म साधारण अबस्थामा अन्तर्राष्ट्रिय भ्रमणको लागि अनुमती नदिने जनाएका छन् । त्यस्तै गरी हाल बेलायतमा लागु रहेको सबै खाले लक्डाउन तथ्याङ्कको आधारमा जुन २१बाट खोलिने जनाईएकाे छन् ।