यूके तथा युरोपीयन मेडिकल एजेन्सीद्धारा अस्ट्राजेनीका कोरोना विरुद्धको खोप प्रभावकारी रहेको निर्क्योल
च्यानल लण्डन,—
हालैका दिनमा कोरोना भाईरस विरूद्धको अष्ट्राजेनिका खाेप प्रभावकारिता तथा सुरक्षित रहेको बिषयमा प्रश्न उठिरहेको बेला, युरोपियन मेडिकल एजेन्सीले अस्ट्राजेनिका कोरोना भाईरस विरूद्धको खाेप निक्कै प्रभावकारी रहेको जनाउँदै, हालैका दिनमा देखिएकाे Blood Clots, Rare Side Effects मा लिस्टेड गरिने जनाएको छ।
त्यस्तै गरी बेलायतमा अहिले सम्म ३करोड भन्दा बढी ब्यक्तिलाई कोरोना भाईरस विरूद्धको खोप लगाई सकिएको छ, जस्मा ५१ जना पुरुष तथा २८जना महिलामा गरी ७९ जनामा Blood Clots देखिएकाे जनाइएको छ ।१०लाखमा ४ जनालाई विरलै देखिएको Blood Clots को कारण पत्ता लगाउन थप अनुसन्धान गरिने भएको छ ।
कोरोना भाईरस विरूद्धको अष्ट्राजेनिका खाेप सुरक्षित तथा प्रभावकारी रहेको जनाउँदै खाेप लगातार लगाउन सर्वसाधारणमा आव्हान समेत गरिएको छ।